वरिष्ठ स्वर्गिय सृष्ठा गोपाल योञ्जनको स्मृति सभामा बालकृष्ण र सागरको ‘मनको आशा’ विमोचित
सुम्निमा कल्चर एकेडेमिको आयोजनामा आयोजिक स्मृति सभा कार्यक्रममा बोल्दै संगितकार शान्तिराम राईले एल्वम मनको आशाको बारेमा समिक्षात्मक टिप्पणि राखेका थिए । एल्वमको बारेमा बोल्दै संगितकार शान्तिराम राईले भने :– ‘एल्वमका गितहरु सुन्दा कुनै नव कलाकारको स्वर सुने जस्तो लाग्दैन । गितमा रहेको नोटहरु सुन्दा लाग्छ परिपक्क स्वर भएको स्थापित कलाकारले गायको गित जस्तो लाग्छ ।’ संगितकार राईले दुई गायकदयहरु बालकृष्ण र सागरलाई सुभकामणा प्रदान गर्दै, सुम्निमा कल्चर एकेडेमिको सम्पुर्ण संगितका विद्यार्थिहरुकै सफल्ता भएको बताए । भने :– मनको आसा एल्वम व्यावसायिक संगै नया किसिमको बनेकाले दर्शक श्रोताहरुमा लोकप्रिय हुनेमा कुनै शंका छैन । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि दिप श्रेष्ठले दुबै गायकहरुलाई सुभकामना प्रदान गरे । पछिल्लो पुस्ताका सम्भावना बोकेका कलाकारको रुपमा लिएको छु श्रेष्ठले टिप्पणि गरे । एल्वमका दुबै कलाकारहरु बालकृष्ण सुब्बा र सागर राई संसार सुम्निामा कल्चर एकेडेमिका विद्यार्थिहरु हुन् ।
एल्वम विमोचन कार्यक्रममा बोल्दै गायक सागर राई संसारले म्युजिकमा नया किसिमले दर्शक श्रोताहरुलाई मनोरञ्जन दिने उद्धेश्यले एल्वम मनको आसा ल्याएको बताए । गायक सागरकै भनाईमा अर्का गायक बालकृष्णले सहमति जनाउदै संगित भनेको फलामको चिउरा चपानु सरह भएको बताए । भने :–साङ्गितिक क्षेत्रमा लागेको करिव ९ वर्षपछि मात्र एल्वम ल्याउनको पाएकोमा खुसि छु । क्लासिक रुपमा धेरै अध्ययनपछि मात्र एल्वम ल्याउन सकेको सुब्बाले अतितलाई ब्युझ्याए । गायक सुब्बा २०६९ को सुम्निमा आईडलको फस्ट रनरअपपनि हुन् । दुबै गायकहरुले मण्डल साङपाङ र कैलास साङ्पाङसंग म्युकिको विद्यार्थि हुन् ।



0 comments
Write Down Your Responses