मेरा दुई प्रेमिका
विशालसंग लवस्टोरी कुराकानि
– आरपी भट्टराई, हास्य अभिनेता
– हास्य अभिनेता आरपी भट्टराईकि श्रीमति |
उति बेला हरेक शुक्रबार हामी १३ घन्टा सँगै बिताउँथ्यौँ । स्कुल पनि सँगै आउने–जाने गथ्र्यौं । यही सम्बन्ध मेरो पहिलो प्रेम थियो । जातपातको झिरले चोखो मायाप्रेमलाई जहिल्यै आघात पुर्याउने गरेको छ, हाम्रो समाजमा । त्यही झिरले हाम्रो प्रीतलाई पनि घोच्यो, कहिल्यै नजोडिने गरी छुट्याइदियो । उनी ‘तल्लो जातकी’ केटी रु सानो उमेरमा त उति वास्ता थिएन, उमेर बढ्दै गएपछि समाजको यो यथार्थले मनमनै जलाउन थालेछ उनलाई । अनि सोचिछन्– ‘आफैँले माया गरेको मान्छेको परिवार बिग्रेको कसरी हेर्न सकुँला, समाजले तिरस्कार गरेको कसरी सहुँला रु त्योभन्दा बरु चाहनालाई बलि चढाएर सम्झौता गर्नु नै ठीक ।’ मलाई भने त्यसको कुनै परवाह थिएन, उनैलाई मनभरि सजाएको थिएँ । तर, उनले मानिनन् । सम्झाउन थालिन्– ‘ल ठीक छ, सुरुमा त तपाईंको घरपरिवारले पनि स्विकार्ला । तर, हाम्रो सम्बन्धकै कारण भोलि समाजले मर्दापर्दा तपाईंको परिवारलाई सहयोग गरेन भने तपाईं परिवारबाटै अस्वीकृत हुन सक्नुहुन्छ । म तपाईंलाई त्यो नमीठो अवस्थामा देख्न सक्दिनँ ।’ यसो भन्दै आँसु झार्न थालिन् । मलाई असह्य पीडा भयो । कति सम्झाउँदा पनि मानिनन् । र, चोखो सम्बन्धलाई जीवनभर मनमा सजाउने तर कहिल्यै नभेट्ने अठोट गरेर उनी हिँडिन् । अहिले उनले विवाह गरिसकिन् र दुई सन्तान पनि छन् । मलाई टेलिभिजनमा हेछिनर्् रे रु उनले के गछिनर्् थाहा छैन, मचाहिँ उनलाई सम्झिरहन्छु ।
उनी गएपछि पानीविनाको माछाझैँ छटपटाइरहेँ । बिछोडको पीडालाई शान्त पार्न ड्रिंक्स गर्न थालेँ । बियरबाट पिउन सुरु गरेको म ह्विस्की र रक्सीको कुलतमा फसेँ । समाज मलाई आवरा केटो भन्न थाल्यो ।
उनी गएपछि एक्लोपनले खाइरहेको थियो । आफ्नै जन्मभूमि पनि फिका लाग्थ्यो । तैपनि समयले केही भरोसा दिँदो रहेछ । केही सम्हालिएँ । रहरहर फेरि पनि फक्रिँदा रहेछन् । एक दिन भाइलाई स्कुल पुर्याउन गएको थिएँ । भाइकी एउटी क्लासमेट साह्रै राम्री लागिन् । उनको नाम रहेछ, सरु पोखरेल । उनलाई देख्नासाथ मनमा नयाँ जोस, जाँगर र उमंग भरिएर आयो । अनि जोखिम पनि थियो, उनले ‘नो’ भने मेरो हालत झन् कस्तो
होला रु २०५४ सालको कुरा हो यो, उनलाई देखेको जम्मा चार दिन भएको थियो । एक दिन मौका पारेर प्रेमप्रस्ताव पनि राखिहालेँ । उनी लजाइन्, तर सकारात्मक देखिइन् । दिदी र बुबाले स्विकारे मलाई आपत्ति छैन भनिन्, अनि दौडिइन् । दौडँदादौडँदै यसो पनि भनिन्– ‘म पनि तपाईंलाई माया गर्छु ।’
भाइलाई सोधेँ– ‘ती केटी कस्ती हुन् रु’ क्लासमा मात्र नभएर, पूरै स्कुलमा उनलाई मन नपराउने कोही नभएको उसले सुनायो । अब त मलाई झन् मन पर्न थालिन् । म फुपूको घर जाने बहानामा उनलाई भेट्न उनको गाउँ जान्थेँ । उनी मलाई देखेर लाजले भागिहाल्थिन् । संकेत मिल्थ्यो– उनी मलाई साँच्चै मन पराउँछिन् । मलाई आँट आयो । उनका नजिकका भाइ अनिलमार्फत उनका बाबुआमासम्म पुगेँ । उहाँहरसँग कुरा मिल्यो । तर, उनका दाजुलाई म उटपट्याङ स्वभावको मान्छे हुँ भन्ने लागेको रहेछ । सात कक्षादेखि नै बाइक चलाउने गर्थें, पूरै गाउँमा एउटा मात्रै बाइक मेरो भएकाले म हिरो नै थिएँ कसैकसैका लागि त । यही देखेर दाजुले बहिनी मलाई दिन मन गर्नुभएको रहेनछ । उनलाई गएर सुनाएँ । बुबाआमाले हुन्छ भनिसकेकाले केही फरक नपर्ने बताइन्, मन उज्यालो भएर आयो । त्यही दिन उनकी दिदी पनि आउनुभएको रहेछ, उहाँ पनि सकारात्मक हुनुभयो । मसँगै गएको भाइले उनीसँग हाइट नाप्न लगायो । आफूलाई अलि होचो छु जस्तो लाग्थ्यो । उनी पो मभन्दा अग्ली छन् कि भन्ने डर थियो । धन्न रु मभन्दा एक इन्च होची रहिछन् ।
२०५५ साल असार २६ गते विवाहको साइत जुर्यो । उनका बुबाले कन्यादान गरेर उनलाई मेरो हातमा सुम्पिदिनुभयो । उनी विवाहमा खासै रोएकी देखिइनन्, दुल्हन फर्काउँदाचाहिँ साह्रै रोइन् ।
केही दिनपछि ससुराली गइयो । सुत्नै लागेका थियौँ, ढोका एक्कासि खोलियो, झसंग भयौँ । सासूआमाले उनलाई बोलाउनुभयो । उनी गइन् । सासूआमा उनलाई सोध्दै हुनुहुन्थ्यो– ‘मैले भनेको गरिस् रु’ उनी भन्दै थिइन्– ‘गलेकाले गरेकी छैन, अब गर्छु ।’ सासूआमाले उनको हातमा केही दिनुभयो, मैले चाल पाइनँ । उनी आइन् अनि मेरो खुट्टाबाट सिरक हटाइन् । मेरो खुट्टा सुमसुम्याउन थालिन् । तेल दलेर खुट्टा मालिस गर्न लागेकी रहिछन् । म त झसंग भएँ । झट्टपट्ट उठेर उनलाई त्यस्तो काम कहिल्यै नगर्न आग्रह गरेँ । सासूआमाले उनलाई श्रीमान्को खुट्टामा तेलले मालिस गर्नू भन्नुभएको रहेछ । त्यति बेला म जम्मा बाईस वर्षको थिएँ । असारमा बिहे भएकाले १०–१२ दिनमै बुबाले हामी दुईलाई खेतीपातीको काममा खटाउनुभयो । दिनभर खेतमा काम गर्यो, बेलुकी घर आएर खाना खायो । जीवनकै पहिलोचोटिको सेक्स अनुभूति आफैँमा रमाइलो थियो । रमाइलो माहोलमै असारे झरी बितेर गयो । उति बेला म पाँच हजारको जागिर पनि खान्थेँ, अलिअलि राजनीति पनि गर्थें ।
विवाहपछिका हाम्रा दिन प्राय स् राम्रैसँग बिते । कहिलेकाहीँ ठाकठुक पनि नपरेको होइन । डेढ वर्षपछि पहिलो सन्तान ९छोरा सृजल० जन्मियो । केही समयपछि हजुरआमा बित्नुभयो । छोरा उनी एक्लैले हुर्काउनुपथ्र्यो । म साथीभाइसँग बसेर राति अलि ढिला आउँथेँ । उनी अलि छिट्टै आएर बच्चा सम्हालिदिए हुन्थ्यो भन्ने चाहन्थिन् । यही कुरामा ठाकठुक हुन्थ्यो । उनले मागेको सहयोग पुर्याउन नसकेकामा पछुतो पनि लाग्थ्यो, अझै लाग्छ । आथिर्क समस्याले पनि हामीबीच अलिअलि ठाकठुक पथ्र्यो । तर, यस्तो ठाकठुकलाई शान्त पार्न म आपँैm पानी बनिदिन्थेँ । बच्चा बोकेर खेलाउन थाल्थेँ । उनी सम्झाउँथिन्– अब फेरि गल्ती नगर्नुस् है रु
बुबा भन्नुहुन्थ्यो– ‘आफू पनि अलि सक्षम बन्, अनि बुहारीलाई पनि बना ।’ पहिलो सन्तान जन्मेको चार वर्षपछि दोस्रो सन्तान जन्मिएको छ । यसपछि चाहिँ हामीले निकै दु स्ख पायौँ । राजनीति चटक्कै छाडेर काठमाडौं आएर चिया–बेकरी पसल थापेँ । विदेश जान भनेर त्यता पनि हात हालेँ, असफलता मात्रै हात लाग्यो । तर, मेरी प्राणप्यारी श्रीमती सरुले मेरो साथ छाडिनन्, हरबखत मलाई हौसला दिइराखिन् । आजको स्थानमा आइपुग्नुमा पनि उनको देन महत्त्वपूर्ण छ । मेरा गुरु दीपकराज गिरीले तीतो सत्यमा खेलाएर मलाई ठूलो गुण लगाउनुभयो ।
हाम्रो बिहे भएको पनि अब त १५ वर्ष पुग्न लागेछ । मलाई उनीविना म अपूरो छु जस्तो लाग्छ, उनलाई पनि त्यस्तै लाग्दो रहेछ । मेरो घरपरिवार राम्रोसँग सम्हालेकी छन्, मलाई कुनै तनाब हुन दिएकी छैनन् । मेरी आमालाई मैलेभन्दा बढी माया गछिनर्् उनी । आमालाई पनि मभन्दा प्यारो उनै छिन् । मेरो भत्किसकेको जीवनमा आएर परिवारलाई यति राम्रोसँग बाँधेकी छन्, मलाई साह्रै खुसी लाग्छ । लाग्छ– सरुले दिएजति खुसी त मैले मेरो पहिलो प्रेमबाट पनि पाउँदैनथेँ होला ।
प्रस्तुति स् विशाल राई
0 comments
Write Down Your Responses