ढाका व्यावसायबाट सास्कृति जगेर्णा गर्दै कल्पना योङहाङ (साथमा द हाईल्यान्ड आर्टबाट निर्मित तस्विरपनि)
पवित्र आत्माले रक्सि बनाएर बेच्नु भन्दा आफ्नो संस्कृतिको जगेर्णा गर्दै ढाकामा व्यावसाय गर्न सकिने ठानेर सुरु गरेको बताईन् । समुदायमा महिलाहरु डेलिभरी हुदा, तङसिन नाहेन गर्दापनि तान चाहिने परम्परालेपनि यस व्यावसायमा आकर्षित भएको बताईन् ।
असार, १५ गोकर्ण, काठमाडौ । कल्पना योङहाङ पछिल्लो समय राष्ट्रिय स्तरको पुरस्कारले होस् या मिडियामा छाएर चर्चामा रहेकि छिन् । साना घरेलु उद्योग अन्र्तगत परम्परागत संस्कृतिसंग जोडिएको ढाकाको कपडाहरु मार्फत कल्पना योङहाङ चर्चामा आएकि हुन् । अहिले कल्पना योङहाङको गोकर्ण स्थीत द हाईल्यान्ड आर्ट नामक साना घरेलु उद्योग सञ्चालन भईरहेको छ । सो उद्योगबाट निर्मित खाडिका दौरा सुरुवाल, साडि चोलो, कोट, सर्ट, टाई, तागावा मेख्लि, पछ्यौरा टोपि, पर्स, सोफाको खोल, तन्ना र विभिन्न किसिमका पोसाकहरु विश्वका विभिन्न देशहरुमा निर्यात हुने गरेको छ । यतिका सफल्ताको पछाडि, हामिलाई लाग्न सक्ला घरपरिवारको सपोर्ट ! तर कल्पना योङहाङलाई घरपरिवारको व्यावसायमा कुनै सपोर्ट थिएन ।
खाने मुखलाई जुगाले छेक्दैन भन्ने उखान, जस्तै कल्पना योङहाङले परिवारको सपोर्टविनै समाजमा सास्कृतिक उत्थान तथा व्यावसायमा सफल्ता हात पारेकि छिन् । ०६२ सालमा साना घरेलु उद्योगमा दर्तागरी योङहाङले व्यावसाय सुरु गरेकि थिईन् । व्यावसाय सुरु गर्दा कल्पना योङहाङले १५ हजार पैसाबाट सुरुवात गरेको विशाल चौतारी डटकमलाई बताईन् । भन्छिन् –व्यावसाय सुरु गर्नेबेला १५ हजार रुपैया जुटाउन नपाउदा म धेरै भौतारीएकि थिए । योङहाङले १५ हजार रुपैया रिण चाहि महिला सहकारी संस्थाबाट लिएको बताईन् ।
ढाकाको व्यावसाय गर्ने प्रेरणा कल्पना योङहाङलाई पुर्वको लिम्वु तथा अन्य धेरै समुदायहरुको सास्कृतिक पहिरण भएकालेपनि संस्कृति जोगाउनका लागि यस व्यावसायमा लागेको बताउछिन् । विशाल चौतारी डटकमसंग कुराकानि गर्दै कल्पना योङहाङले भनिन्–हाम्रो परम्परा अनुसार चेलिहरुले गर्ने व्यावसाय मध्ये थाक–थाकमा पनि रहेकाले यस व्यावसायमा लागेकि हु । पवित्र आत्माले रक्सि बनाएर बेच्नु भन्दा आफ्नो संस्कृतिको जगेर्णा गर्दै ढाकामा व्यावसाय गर्न सकिने ठानेर सुरु गरेको बताईन् । समुदायमा महिलाहरु डेलिभरी हुदा, तङसिन नाहेन गर्दापनि तान चाहिने परम्परालेपनि यस व्यावसायमा आकर्षित भएको बताईन् । भनिन्–मैले फाईदा भन्दापनि संस्कृतिक सिपहरुलाई कसरी जोगाउने भन्ने कुरालाई जोड दिन खोजेकि हु । व्यावसाय सुरु गर्दाताकाको दिनहरु सम्झदै कल्पना योङहाङ भन्छिन्, भोक तिर्खा नभनि दिनरात नगनि दुख गरेकि थिए । व्यावसाय सुरु गर्न भन्दा अगाडि गाउघरको सम्झनाले व्यावसाय गर्न मन लागेपनि व्यावसाय सुरु गरेपछि ति सम्झनाहरुले व्यावसायमा खासै सहयोग नगरेको बताईन् । व्यावसाय सुरु गरेको करिव तिन वर्ष कल्पना योङहाङ आफै खटेर लागिपरेपछि व्यावसाय फस्टाउदै आएको योङहाङले बताईन् ।
व्यावसाय सुरु गर्दा एक ओटा तानबाट सुरुवात गरेकी थिईन् । त्यहि समयमा विधुवि एक महिलालाई काम दिएर त्यहि समयदेखि नै सामाजिक सेवापनि गरिरहेकी थिईन् । कल्पना योङहाङको व्यावसाय सुरु गर्दाको पहिलो स्टाफ चाहि विमला थापा रहेको कल्पना योङहाङ बताउछिन् । सो स्टाफको छोरा अलि असत्त, अपाङ भएकाले उपचार गराई बोर्डिङमा आफुले पदाएकोपनि कल्पना योङहाङले बताईन् । सो बच्चाले अहिले एसएलसिमा ८६.१२ प्रतिसत ल्याएर पास गरेको कल्पना योङहाङले बताईन् ।
व्यावसाय फस्टाउदै गएपछि विस्तारै तानहरु थप्दै लगेको योङहाङले बताईन् । तरपनि व्यावसाय अन्य देशहरुमा प्रचार नभएकाले अमेरीकामा बस्दै आएकि इक्सा लिम्वुले लामो व्यावसाय सम्वन्धि इन्र्टभ्यु जस्तो गरेर युटुबमा राखिदिएपछि कपडाको माग बढेको बताईन् । त्यसपछि कल्पना योङहाङले साना घरेलु उद्योगबाट तान सम्वन्धि तालिम लिएर व्यावसायलाई अझबढि अगाडि बढाएको बताईन् । अहिले कल्पना योङहाङले करिव ५०० भन्दा बढिलाई तालिमपनि दिएको बताउछिन् । कल्पना योङहाङले आफ्नो व्यावसायमा श्रीमाणले छाडेको, श्रीमाण वितेको, अपाङ्ग तथा विदेशबाट बेचिएर आएका महिलाहरुलाई रोजगार दिएका छन् ।
सरकारले तालिम प्राप्त बनाएर जनसक्तिहरुलाई यत्तिकै छाडिदिने गरेको प्रति कल्पना योङहाङ दुखि रहेको बताईन् । भनिन् –त्यहि सरकारी तालिम केन्द्रका शिक्षकहरु आफुले चिनेकाले मलाई जनसत्तिहरु पठाईदिन हुन्छ । केहि सरकारी सिप सिकेकाहरुलाईपनि आफुले काम दिएका कल्पना योङहाङ बताउछिन् ।
द हाईल्यान्ड आर्टका सञ्चालिका कल्पना योङहाङ ति दुखका दिनहरुलाई सम्झदै भन्छिन्, त्यो संर्घस र दुखहरु मेरो साथि ठान्छु । अहिले त्यहि दुखले सफल्ता पाएकि छु ।
३०–३२ जना भन्दा बढि परिवार र तिनका बच्चाहरुको भोलिको भविश्यलाई जोड्न पाएकोमा कल्पना योङहाङ खुसि छिन् । तरपनि सरकारसंग दुखेसो पोख्दै कल्पना योङहाङले एउटा आग्रह देशमा उत्पादन भएको भेषभुषालाई प्रयोग गरेर, सरकारी अफिसहरुमा राष्ट्रिय पोषाक बनाएर लगाईदिए राष्ट्रकै आर्थिक उन्नतिमा कदर पुग्ने बताउछिन् ।
like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
कल्पना योङहाङले पाएका केहि राष्ट्रिय सम्मान तथा राष्ट्रिय व्याक्तिहरुसंग
भारतिय राजदुत, जयन्त प्रसादलाई नेपालको परम्परा सास्कृतिक पहिरण प्रदान गर्दै
मिडिया इन्टरनेसनलले स्वदेशि सिप विकाश तथा रोजगारमा महत्वपुर्ण योगदान पुर्याएकोमा राष्ट्रिय पुरस्कार । तथा अन्य धेरै पुरस्कारहरु
चलचित्रहरुमा कल्पना योङहाङ
भेषभुषा डिजाईनमा कल्पना योङहाङ पहिलो कलाकारपनि हुन् । उनले सो चलचित्रमा आमाको भुमिकापनि निभाएकि छिन् । थकथकमा नामक डकुमेन्ट्रि कल्पना योङहाङको जिवनि तथा ढाकाको पहिरणसंग जोडिएको संस्कृतिहरुलाई उतारिएको छ । जुन डकुमेन्ट्रिलाई लिला राईले निर्देशन गरेकि थिईन् । विभिन्न चलचित्रहरुबाट भेषभुषाको लागि आफुलाई अफर आएको तर कामको व्यास्ताले समय दिन नभ्याएको बताईन् ।
द हाईल्यान्ड आर्टबाट निर्मित कपडाका डिजाईनहरु ।
तस्विरहरु :– राम मोक्तान
0 comments
Write Down Your Responses