• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हास्य अभिनेता हरिवंशले ५६ औं जन्मदिन श्रीमति रमिलासंग मनाए (फोटो फिचर सहित)

    २७ कात्तिक, काठमाडौ । नेपाली हास्य कलाकारिताको मुर्धन्य व्याक्तिको रुपमा परिचित हास्य अभिनेता हरिवंश आचार्यले हिजो कात्तिक २७ गतेको दिन ५६ औ जन्मदिन मनाएका छन् । हास्य अभिनेता अचार्यले जन्मदिनको अवसरमा साँझ ५ बजे श्रीमति रमिलाको साथ केक काटेका छन् । अभिनेताको जन्मदिन मनाउन हास्य अभिनेता दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल,आरपि भट्टराई लगायत कलाकारहरु उपस्थित थिए ।हास्य कलाकारीताबाट सामाजिक अभियान्तालाई जोड दिने हास्य अभिनेता आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते गौरीधारा, काठमाडौंमा भएको थियो । महजोडिका रुपमा परिचत हरिवंशका जोडि मदनकृष्ण भने यो खुसियालिमा सहभागि हुन नपाउने भएका छन् । उनका जोडी मदनकृष्ण आफ्नी श्रीमतीको उपचारका लागि दिल्लीमा रहेका छन् ।
    पछिल्लो समयमा साहित्य लेखनमा समेत कलम चलाउने अभिनेता आचार्य ‘चिना हराएको मान्छे’ ६० हजार प्रतिभन्दा बढी बिक्रिका कारणपनि चर्चामा रहेका छन् । हास्य अभिनेता आचार्यले ०३१ सालमा रेडियो नेपालमा आफ्नो कला सुनाएर यात्रा थालनी गरेका थिए । यसबीचमा उनले सयौं नाटक, टेलिफिल्म तथा केहि चलचित्रहरुमापनि काम गरिसकेका छन् । अभिनय, लेखन, निर्देशन, निर्माणजस्ता कलाकारिताका विधामा उनी सफल कलाकारको रुपमा मानिन्छन् । ठुलो पर्दामा चलचित्र ‘तँ त साह्र बिग्रिस् नि बद्री, ‘बलिदान’ लगायतमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका छन् । हास्य अभिनेता आचार्यले पत्नी मिरा आचार्यको निधन भएपछि रमिला पाठकसँग दोस्रो बिहे गरेका हुन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.