• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु’

    सात कक्षामा अध्ययन गर्दैगरेकी ममताको गर्भ

    गणेश साह
    सिरहा, २६ असार । सिरहा जिल्लामा प्रमेश्वर साहले एककिशोरीलाई दवावमा पटकरपटक यौन शोषण गरेपछि गर्भ रहेको तथ्य सार्वजनिक भएको छ । गर्भ रहेको थाहा पाएपछि प्रमेश्वरका आफन्तले युवतीलाई स्वीकार्न मानेका छैनन् ।
    विवाद बढ्दै गएपछि सो विषय प्रहरी समक्ष पुगेको छ । उजुरी परे पछि मंगलबार प्रमेश्वरलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

    लालपुर–१ का शत्रुधन साहका २२ वर्षीया छोरा प्रमेश्वरले स्थानीय १४ वर्षीया किशोरी ममता साह ९नाम परिवर्तन०लाई ५ महिनादेखि पटकरपटक यौनशोषण गरेको प्रहरीले जनाएको छ ।
    ममताको शारीरिक बनावटमा परिवर्तन आएपछि स्थानीयले स्वास्थ्यकर्मीसँग उनको जाँच गराएका थिए । जाँच गराउँदा ममताको कोखमा करीव पाँच महिनाको गर्भ रहेको पत्ता लागेको थियो ।
    छोरीको गर्भमा बच्चा रहेको पत्तालागे पछि आफन्त झसङ्ग भएका छन् । ममताले आफ्नो गर्भ रहेको कुरा डरका कारण लुकाएर राखेके थिईन् ।
    गर्भको चेकजाँच पछि बच्चा रहेको खुलासा भए पछि ममताले प्रमेश्वरसँगको यौनसम्बन्धका बारेमा जानकारी दिएकी हुन् ।
    प्रमेश्वरले गर्भ रहेको कुरा कसैलाई नभन्न दबाव दिँदै आएका थिए । ‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु,’ प्रमेश्वरलाई उदृत गर्दै ममताले भनिन्, ‘सम्बन्धका बारेमा कसैलाई भने ज्यान मार्ने धम्की दिएको छ ।’
    ममता गोलबजारस्थित जनता नमूना उच्च माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छिन् । प्रमेश्वरले सरमुकामस्थित क्याम्पसमा विएससी तेश्रोवर्षमा अध्ययन गरिरहेका छन् । प्रमेश्वरले ममतासँग पहिलो पटक भैंसी चराउन गएका बेला खेतमा जवरजस्ती यौनसम्पर्क गरेका थिए । त्यस पछि उनले ममतालाई डरधम्की दिँदै पटक–पटक यौनशोषण गरेका हुन् ।
    घटनाका बारेमा ममताको परिवारले प्रमेश्वरका अभिभावकलाई जानकारी गराउँदा वेवास्ता गरेका छन् । घटनालाई वेवास्ता गरे पछि ममताकी आमाले ईलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएकी हुन् ।
    यसैबीच, सो घटना दबाउन राजनीतिक दलका नेताहरु सक्रिय भएका छन् । प्रमेश्वरका आफन्तले राजनीतिक दलका नेता लगाएर गर्भको विषय लुकाउन दवाव दिएको स्रोतले जनाएको छ ।
    ईलाका प्रहरी कार्यालय गोलबजमारका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र वीर पाण्डेका अनुसार पीडितले दिएको जानाकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिएको बताए । सौर्य दैनिक साभार 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.