• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एनएफडीसी अवार्डको मुख्य आकर्षण आमा चलचित्रका तिन हिरोइनको नृत्य

    बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्द नेपाल चलचित्र बिकास कम्पनीको हलमा नृत्य रिहर्सल गरिरहेका छन् । 

    काठमाडौ । नेपालबाट बनेको पहिलो चलचित्र ‘आमा’बाट डोरिदै आएको सिने नगरी ५० बर्षमा रमाइरहेको छ । ५० बर्षलाई उत्सवको रुपमा मनाउन नेपाल चलचित्र बिकास कम्पनी एनएफडीसी जोडतोडका साथ लागिरहेको छ । साउन ५ गते आयोजना हुन लागेको अवार्ड कार्यक्रमलाई अझ बिशेष बनाउन ‘आमा’ चलचित्रका तिन हिरोइनहरु मिहिनेत गरिरहेका छन् । नायिकात्रय बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्द यतिबेला नेपाल चलचित्र बिकास कम्पनीको हलमा नृत्य रिहर्सल गरिरहेका छन् । 

    कार्यक्रमका आयोजक प्रमुख उद्दब पौडेलको बिशेष आग्रहमा तिन हिरोइन पुन एकपटक नाच्ने तयारीमा छिन् । बुढेसकाल लागेकाले पनि तिन हिरोइन कम्मर मर्काउन केही गाह्रो भएको बताउछन् । ‘हाम्रो मन भित्र नेपाली चलचित्र’ बोलको गीतमा तिन नायिकालाई अवार्ड कार्यक्रममा प्रस्तुती राख्दै गरेको अवस्थामा देख्न सकिनेछ । तिन नायिकालाई नृत्य निर्देशक कविराज गहतराजले नृत्य सिकाइरहेका छन् । यो अवार्ड कार्यक्रममा नेपालका चर्चित कलाकारको साथमा विदेशबाट समेत चर्चित अनुहारहरु सहभागी हुँदैछन् । अनलाईनखबर साभार 

     


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.