• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • क्षणिक सेक्सि बन्नु भन्दा सुन्दरी बन्न चाहान्छु (फोटो फिचर सहित)

    – श्रेया सोताङ (गायिका)
    विशालसंग फन्नि संवाद

    तपाईं आफैँले नेपाल बन्द गर्नुपर्ने बाध्यता आइलागे गाडीहरु कत्तिको तोडफोड गर्नुहुन्थ्यो ?
    खासमा त मलाई त्यस्तो मनै छैन । बाध्यता नै आइलागे पनि तोडफोडचाहिँ गर्दैनथेँ । आखिर देशका सम्पत्ति सबै आफ्नै त हुन्, किन फुटाउनु ? बरु तोडफोडमा उत्रने बन्दकर्तालाई पनि यसबारे एकचोटि सोच्न आग्रह गर्छु ।

    गायनमा नलागेको भए के बन्नुहुन्थ्यो ?
    खोइ के बन्थेँ–बन्थेँ, सोच्नै बिसिएँर्छु । स्कुल लेबलमा छँदाचाहिँ टिचर बन्छु भन्थेँ रे, रुचाउँथे रे, बुबाममीले सुनाउनुहुन्छ ।
    अपरिचित व्यत्तिले फोनमा आई लभ यु भनिराख्यो भने के गर्नुहुन्छ ?
    फोनै रिसिभ गर्दैनथेँ ।
    तैपनि गरेको गर्‍यै गर्‍यो भने ?
    ह्या झ्याउ ...... किन बढी झन्झट खेपिरहने ! बरु सिम नै चेन्ज गरिदिन्छु ।
    साँच्चिकै माया लागेर त्यसरी मरिहत्ते गर्न खोजेको पनि त हुन सक्छ नि ?
    हा…हा…हा..त्यसरी खेदो हालेर फोनमा डिस्टर्ब गर्ने मानिसको कुदृष्टि हुन्छ ।
    गायक राजेशपायल, शिव र प्रमोदमध्ये एकलाई चुम्बन गर्नुपरे ?
    अबुई ! तीन जनामध्ये कसैलाई पनि गदिर्नथेँ । त्यस्तो स्थीति मलाई कहिल्यै आइनपरोस् । त्यस्तो कल्पना पनि गर्न सक्दिनँ ।
    कुख्यात बन्नुपर्ने बाध्यता आए कुन उपाय अपनाउने ?
    कुख्यात बन्नुपरे घमन्डीका रपमा चिनिनु पर्ला ! मेरो क्यारेक्टर सफा होस्, घमन्डीका रपमा कुख्यात हुन परे पनि केही छैन ।

    तपाईंलाई सेक्सी बन्न मन लाग्छ कि सुन्दरी ?
    सेक्सी भन्ने कुरा क्षणिक हुने भएकाले म त सुन्दरी नै बन्छु । सुन्दरतामा नयाँ–पुरानो भन्ने हुँदैन, जसलाई म अहिले सुन्दर लाग्छु, पछिसम्म पनि त्यस्तै लागिरहन सक्छु ।
    टन्टलापुर घाममा चिसो हावाको स्पर्श मीठो कि सेक्सको आनन्द ?
    वास्तवमा दुवै आनन्द नै हुन् तर परिस्थिति अनुसार फरक पर्न सक्ला । अहिलेको गर्मी महिनामा सिरसिर हावाको आनन्द मीठो लाग्छ । तर, जाडो महिनामा सिरसिर हावाले ज्यानै कमाउँछ ।
    संसारका सबै मान्छेको प्रजनन अंग एकैचोटि गायब भए के होला ?
    त्यस्तो भयो भने त अहिले संसारमा जति मानिस छन्, जनसंख्या त्यसभन्दा नबढ्ला । केही समयमै मानव जीवन लोप भएर जाला ।
     
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.