• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एनएफडीसी अवार्डमा निर्देशक सहित ७ विधामा सायदको वर्चश्व

    (अवार्ड कार्यक्रमको फोटो फिचर सहित)

    साउन, काठमाडौ । एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डमा सुरज सुब्बाद्धरा निर्देशित चलचित्रले सर्वोत्कृष्ट फिल्म, निर्देशक, सह–अभिनेता, छायाँकार, पटकथा, मह जुरी पुरस्कार र सर्वोत्कृष्ट व्यवसायिक फिल्मको टाइटल अवार्डमा बाजि मारेको छ । सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेसंगै नाल्बोले ट्रफी र प्रमाणपत्रसहित १ लाख रुपैयापनि पाएका छन् ।

    नेपाली सिनेमा ५० वर्ष पुगेको अवसरमा आयोजना गरिएको अवार्डमा निर्देकश सुरज सुब्बाले निर्देशन र पटकथा, अभिनेता विल्सन विक्रम राईले सहअभिनेता, अभिनेता संयम पुरीले महज’री, संजय लामाले छायाकार र कुसुमेरुमाल सर्वोत्कृष्ट व्यावसायिक फिल्म दुर्गिस ब्यानरले पाएको छ ।

    १६ विधामा बाँडिएको अवार्डमा २०६९ सालमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कारमा फिल्मीखबर र ओफा अवार्ड जितेका अभिनेता जिवन लुईटेलले
    ‘मालतीको भट्टी’बाटे सर्वोत्कृष्ट अभिनेताको उपाधि जिते । त्यस्तै ‘नोटबुक’बाट नीता ढुंगानाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

    त्यस्तै अवार्डमा सह–अभिनेत्री विधामा अभिनेत्री करिश्मा मानन्धर मायाज् बारबाट सर्वोत्कृष्ट भइन्, भने सोहि चलचित्रबाट सर्वोत्कृष्ठ संगितकारको अवार्ड संगितकार सुरेश अधिकारीले पाए । चलचित्र ‘रिदम’बाट सर्वोत्कृष्ट पाश्र्वगायन स्वरुपराज आचार्यले जिते ।

    दन्द निर्देशकको अवार्डबाट भने चन्द्र पन्तले हात पारे । आयोजित समारोहको कोरियोग्राफी समेत गरेका कविराज गहतराज सर्वोत्कृष्ट नृत्य निर्देशक बने । विदुर गिरीले चलचित्र पत्रकारिता पुरस्कार पाए । हरेक विधाका विजेतालाई ट्रफी र प्रमाणपत्रसहित ५१ हजार रुपैयाँ पुरस्कार पाए ।

    महानायक राजेश हमालले सञ्चालन गरेका कार्यक्रममा दीपा र उदित आकर्षणको केन्द्रमा रहेका थिए, भने युक्रिननकि अभिनेत्री नेले सेभिचेन्को पनि रहिन । अवार्ड कार्यक्रममा उदितले चचिर्त हिन्दी र नेपाली गीतपनि सुनाएका थिए । पहिलो फिल्म ‘आमा’का तीन अभिनेत्री चैत्यदेवी, भुवन चन्द र बसुन्धरा भुषालको नृत्यले समारोहलाई मनोरञ्जक तुल्यायो ।
    भारतका टेलिभिजन तथा फिल्म निर्माता मुकेश भट्टको नेतृत्वमा २० कलाकार आउने भनिएपनि गणेश जैन, सन्नी खन्ना र गिरिश जोहरको मात्र
    उपस्थित थिए । रसियन अभिनेत्री यानिना काल्गानोभा पनि आइनन् ।
     



    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.