गुन्द्रुक किनामाको याद (प्रोमो सहित )
असार, २२ काठमाडौ । चर्चित लोक आधुनिक गित ‘रामसाईलि’ नसुन्ने दर्शक श्रोताहरु कमै छन् होलान् । सोहि गितका गायक रुपकुमार राई चौथो एल्बम रामसाइँलीको सफल्तापछि दर्शक–श्रोताको मायालाई निरन्तरता दिन पाँचौँ एल्बम ‘सार’ ल्याउने तयारीमा छन् ।
चर्चित गित रामसाइँलीले हिट्स एफएम म्युजिक अवार्ड पाएपनि खासै मिडियाको नजरमा नपरेका गायक राई आफ्नो पाचौ एल्वमलाई सबै मिडियाहरुको साथ पाउनेमा विस्वस्त छन् । करिव दुई वर्षको अन्तरालमा ल्याउन लागेको एल्वममा सात गितहरु समावेस गरिएको छ । लोक आधुनिकको लयलाई विर्सदै गइरहेको पछिल्लो पुस्तालाई गायक रुपकुमार राईले आफ्नो एल्वमबाट जगेर्णा गर्ने तर्फपनि लागेका छन् । गायक राईको एल्वममा समावेश गरिएका गितहरुले लोक भाकाको उत्थान गरेको छ । भुपाल राईको शब्द तथा संगितमा तयार भएको ‘यो सहरमा पनि पिउ गाउकै तिर्सना, पठाईदिनु है आमा गुन्द्रुक किनामा’ बोलको गित शिर्ष गितको रुपमा एल्वममा राखिएको छ । त्यस्तै स्टेज पफमेन्सलाई लक्षित गरि गायक राईले जुन तारा बोलको गित एल्वमा समावेश गरेका छन् ।
हिम म्युजिक सेन्टर प्रालिले बजारमा ल्याउन लागेको एल्वममा सात गित समावेश गरिएको छ । गुन्द्रुक किनामा, जुन तारा, यसपालिको साकेलामा, छुटिएकि बालसखिलाई, मेरो चिन्ता, नलाग्नु मलाई र यस्तो बनोस् बोलको गितहरु एल्वममा समावेश गरिएको छ ।

0 comments
Write Down Your Responses