• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शान्ता चौधरीलाई नक्षत्र पुरस्कार

    ६ भाद्र, बेलायत  । 
    अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले शान्ता चौधरीलाई प्रथम अन्तर्राष्ट्रिय नेपाली वाङ्मय ‘नक्षत्र’ पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ । कमलरी आन्दोलनका अगुवा चौधरीलाई ‘कम्लरीदेखि सभासद्सम्म’ पुस्तकको लागि सो पुरस्कार दिने निर्णय गरिएको हो । १४८ औं मोती जयन्तीको अवसरमा बेलायतको लन्डन स्थित विल्विचमा सो घोषणा गरियो । उक्त पुरस्कारको राशी पचास हजार रूपैया रहेको छ । सो अवसरमा साहित्य प्रेमी हरि केसीले पिता बमबहादुर केसीको नाममा बीस हजार राशीको  पुरस्कार समेत घोषणा गरे । 
    अनेवाले  वाङ्ंमय डायस्पोरा पुरस्कार त्रि.वि.वि. शिक्षा संङ्काय अन्तर्गत नेपाली डायस्पोरा साहित्यमा शोध गर्नेहरू मध्ये उत्कृष्ट दुई जना विद्यार्थीलाई वार्षिक १५–१५हजार पुरस्कार स्थापना गरि, मुना गौतम र महेन्द्र न्यौपानेलाई २००औं भानुजयन्तीको अवसरममा गत जुलाई ९मा पहिलो डायस्पोरा पुस्कार प्रदान गरिसकेको छ । १ मार्च २०१३ देखि त्रि.वि.वि. किर्तिपुरमा डायस्पोरिक लाईब्रेरीको स्थापना गरि संचाल गरिएको छ ।
    ‘कम्लरीहरूको मुक्तिको आन्दोलनमा निरन्तर लागिरहेका पूर्व सभासद समेत रहेका  चौधरीलाई  पुरस्कृत गर्नु कम्लरी आन्दोलनको सम्मान हो ।’ अनेवका महासचिव जया राईले भनिन्न् ‘कुनै पनि वहनामा महिलामाथि हिंसा हुनु हुदैन ।’ डायस्पोरामा रहेर पनि नेपाली भाषा बचाउनको अनेवा किृयाशील रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.