• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजेश , योगेश, बिदुर र कोमलको सुझाव :– राजनिति भद्रगोल हुदा, राजनिति बुझ्नु

    प्रसंग :– चलचित्र  राजनिति बहस 
    acter rajesh hamal toking about film rajniti .
    ५ भाद्र, काठमाडौ । 
    प्रर्दशोन्मुख चलचित्र राजनितिले काठमाडौमा एक पत्रकार सम्मेलन गरी रियल  राजनिति र रिल राजनितिको बारेमा सानो बहस गरिएको छ । कार्यक्रमको निमन्त्रणामा युवा नेता गगन थापा, योगेश भट्टराई, चन्द्र बहादुर थापा बोलाइएपनि योगेश मात्र कार्यक्रममा उपस्थित थिए । कार्यक्रम निर्धारित समयमा सुरु नभएपछि, देशको लथालिङ्ग राजनिति जस्तै, कार्यक्रमपनि त्यस्तै भयो । कार्यक्रमका प्रमुख अतिथि अभिनेता राजेश हमाल अर्को कार्यक्रममा जान परेकाले कार्यक्रम सुरु भएको ५ मिनेमै आफ्नो मन्तव्य राखेर निस्किहाले । कार्यक्रममा अभिनेता राजेश हमालले देशको राजनिति भद्रगोल भएकाले सबै जनाताहरुले बुझ्न पर्ने जरुरी भएको बताए । भने–‘यदि देशमा शान्ति, सुरक्षा भइदिएको भए, सायद राजनितिको विषयमा बोल्न पदैन थियो होला  ।’

    त्यस्तै कार्यक्रममा मुख्य आकर्षक बनेका युवा नेता योगेश भट्टराईले देशमा विकाश भएपनि, केहि कुरा राजनितिमा सुधार ल्याउन समाजको ऐना चलचित्र क्षेत्रबाट केहि आउन पर्ने बताए । भने–‘त्यो आवश्यकताको खाचो चलचित्र राजनितिले पुरा गरोस् सुभकामना ।’

    त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरिले देशको राजनिति बिग्रिएको अवस्थामा चलचित्रको माध्ययमबाट चलचित्र राजनितिले केहि गर्नुपर्ने बताए । त्यस्तै गायिका कोमल वलिले यस चलचित्रबाट अभिनेत्रीको रुपमा डेव्यु गरेकि छिन् । कार्यक्रममा बोल्दै वलिले आफुले सक्दो राम्रो अभिनय गर्ने प्रयास गरेको बताउदै चलचित्र सुपर डुपर हिट हुनेमा विस्वस्त रहेको बताईन् । देशको वर्तमान परिस्थितीलाई चलचित्रको माध्यमले पर्दामा उतारी जनमानसमा पुर्‍याउने उद्देश्यका साथ चलचित्र राजनिती निर्माण गरिएको निर्माण पक्षको भनाई छ । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् भने चलचित्रमा राजेश हमाल, रमेश बुढाथोकि, कोमल वलि, पवित्रा आचार्य, दिपक सुवेदि, दिपक भट्टराई लगायत रहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.