• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पानीमा विष हाल्ने महिला पक्राउ

    सृजु राई
    साउन २६ इलाम। इलामको पञ्चकन्यामा खानेपानीमा विष मिसाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पञ्चकन्या–१ जसीगाउँ निवासी ४० वर्षीया मीना सापकोटाले सासू चन्द्रमाया सापकोटाको घरमा राखिएको पानीको गाग्री र पानी ट्याङ्कीमा विष हालेकी हुन् । चियाको बोटमा हाल्नका लागि ल्याइएको नुनसिल नामक विषादी हाल्दै गरेको अवस्थामा सासूले देखेकी थिइन् ।
    विषादी हाल्ने मीनालाई आइतबारेबाट गएको प्रहरीचौकीले हिजो पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.