• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • शान्तिरामको संगितमा डा.कविराज र दृपको एल्वम सम्झनाका तरेलीहरु बजारमा (फोटो फिचर सहित)

    २६, साउन काठमाडौ ।
    गितकार दय डा.कविराज बान्तावा र दृप चाम्लिङको सामुहिक एल्वम सम्झनाका तरेलीहरु बजारमा आएको छ । वरिष्ठ संगितकार शान्तिराम राईको एकल संगित रहेको एल्वमलाई गायक, संगितकार तथा गितकार अम्वर गुरुङले विमोचन गरेका थिए ।

    युनाईटेड एकेडेमिको नव निर्मित भवनमा निकै भव्य समारोहका विच एल्वमको विमोचन भएको थियो । युनाईटेड एकेडेमिको फाउण्डर डा.कविराज बान्तावा र दृप चाम्लिङको एल्वम विमोचन समारोहमा डा. कृष्णहरी बराल, कलाकार मदनदास श्रेष्ठ, संगितकार सुरेश अधिकारी, महेश खड्का, गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त, उदय सोताङ लगायत सहभागि थिए । विमोचन समारोहमा एक बालकले, तिम्रो मुस्कान बोलको गित गाएका थिए भने तिन म्युजिक भिडियो देखाइएको थियो ।
    विमोचित एल्वमको बारेमा टिप्पणि गर्दै, गजलकार, डा. कृष्णहरी बरालले एल्वम साच्चिकै उत्कृष्ठ बनेको बताए । एल्वमको संगित शान्तिराम राईले एकदमै राम्रो गरेकालेपनि एल्वमको गितहरु धेरै राम्रो बनेको बताए । डा. कविराज बान्तथावाको शब्दमाथि विश्लेशन गर्दै, प्रेम भावमा बढि गितहरु रहेको बरालले बताए । भने, गितकार दृप चाम्लिङका गितहरु गहिराईमा हुने बताए । श्रीमतिले ३६ वर्षको उमेरमै छाडेर गएको पिडामा लेखिएको गित ‘तिम्रो मुस्कान’ बोलको गितलाई संकेत दिदै बरालले दृप चाम्लिङका गितहरु बढि गहिराईमा पुगेर लखिएको पाएको बताए ।
    विमोचन समारोहमा बोल्दै गितकार डा. बान्तवाले आफ्ना गितहरु विवाह भन्दा अगाडिका रहेको बताए । त्यस्तै एल्वमको एकल संगित दिएका वरिष्ठ संगितकार शान्तिराम राईले अहिले सम्म गरेका एल्वमहरुमा भन्दा बढि मेहेनेत गरेको बताए । भने–‘ खालि खुट्टै बोलको गित गाउनलाई एउटा गायक लिएका थियौ, तर उहाको स्वरले नभ्याएपछि हामिले स्वरुपराज आचार्यलाई लिएका थियौ । र म तिम्रो प्रेमको बोलको गितलाई आफुले पाच चोटि फरक फरक संगित गरेको बताए ।
    विन्दाबासिनि म्युजिकले बजारमा ल्याएको एल्वममा खालि खुट्टै, आजको यो साझ, माया गर्ने तिमिलाई, सिमलको भुवा जस्तै, म तिम्रो प्रेमको, एउटा सानो गाउमा र तिम्रो मुस्कान बोलको गित एल्वममा समावेश गरिएको छ । एल्वममा गायक राजेश पायल राई, स्वरुपराज आचार्य, अन्जु पन्त, उदय सोताङले स्वर दिएका छन् ।
    फोटो : आविस्कार श्रेष्ठ



     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.