• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चलचित्र चेन्नई एक्सप्रेसले एक था टाइञगरको रेकर्ड तोडदै नया रेकर्ड

    अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्र चेन्नई एक्सप्रेसले पहिलो दिनमै नयाँ रेकर्ड बनाएको छ। यो फिल्मले ओपनिङमै ३३ करोड रुपैयाँको रेकर्ड तय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिलिजको पहिलो दिनमै यस फिल्मले ओपनिङ कमाइका पछिल्ला सबै रेकर्ड तोडेको छ।


    चलचित्रले शुक्रबार ३३ करोड १२ लाख भारतीय रुपैयाँ कमाएको छ। शाहरुख खानका सबै फिल्मभन्दा राम्रो देखिएको यो फिल्मले सलमान खानको एक था टाइगरलाई समेत उछिनेको छ। एक था टाइगरले पहिलो दिनमा ३१ करोड २५ लाख कमाएको थियो। हिन्दी सिनेमाको इतिहासमा पहिलो दिनमा धेरै कमाएर रेकर्ड गरेको यो फिल्मलाई अब शाहरुख खानको चेन्नइ एक्सप्रेसले पछारेको छ।

    पहिलो दिनको कलेक्शनको अलवा यो फिल्मको पेड प्रिभ्यूमा समेत राम्रो प्रतिक्रिया पाएको थियो। पेड प्रिभ्यू सोमा ६ करोड ७५ लाख भारतीय रुपैंया कमाउन सफल भएको थियो। प्रिभ्यूमा ठूलो रकम कमाउने चेन्नइ एक्सप्रेस पहिलो फिल्म बन्न पुगेको छ। यसभन्दा पहिलो यो रेकर्डमा ३ इडियट्सको स्थान थियो। ३ इडियट्सले करिब २ करोड ७० लाख पेड प्रिभ्यूमा आम्दानी गरेको थियो। शनिबार र आइतबार भारतमा बिदा हुने र दोस्रो फिल्म नरहेकाले सुरुवाति ३ दिनमानै १०० करोडको आम्दानी गर्ने अनुमान लगाइएको छ। एजेन्सी 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.