• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजपरिवार सम्वन्धि डकुम्न्ट्रि द लास्ट मोनार्कुको आम्दानि आठ लाख

    काठमाडौं – केही दिनमात्र चल्ने आशा गरिएको डकुमेन्ट्री द लास्ट मोनार्कुले तेस्रो हप्ताको मध्यसम्म आइपुग्दा क्युएफएक्स हलबाट आठ लाख रुपैयाँ कारोबार गरेको छ । निर्माता निर्देशक रमेश खड्काले मंगलबार पत्रकार सम्मेलनमा भने, पछिल्लो समय रिलिज भएका कतिपय नेपाली फिक्सन फिल्मको भन्दा बढी आम्दानी हो यो।

    फिल्म हेर्न बालबालिकादेखि वृद्धवृद्धासम्म र निम्न मध्यमदेखि उच्च वर्गका दर्शक आइरहेको खड्काले पाएका छन्। शाह र राणा परिवारका सदस्यहरु यो डकुमेन्ट्री हेर्न आएका छन्, धेरैलाई त म आफैंले चिनेँ, उनले भने, दर्शक वर्गमा राजतन्त्रको इतिहास र तथ्यप्रति चासो रहेछ भन्ने यसले देखाउँछ।
    रिलिजको पहिलो दिन केही दर्शकले डकुमेन्ट्रीको शीर्षकमाथि आपत्ति जनाएका थिए। तर, फिल्म हेरेपछि उनीहरुले कुनै अवरोध खडा गरेनन्। खड्काले सम्झे, पहिलो दिनको साँझको शोदेखि दर्शक संख्या बढेको हो। राजावादीहरुको पैसा लिएर फिल्म बनाएको भन्ने आरोप खड्कालाई केहीले लगाएका रहेछन्। जबकि मैले यसमा कसैको पक्षपोषण वा आलोचना गरेकै छैन, इतिहासलाई जस्ताको तस्तै प्रस्तुत गरेकोमात्र हुँ, खड्काले प्रष्ट पारे। काठमाडौंबाहिरका मुख्य शहरमा समेत डकुमेन्ट्री रिलिज गर्ने योजना खड्काको छ। नागरिक दैनिक साभार


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.