• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपाल प्रहरीका पुर्व जवानलाई बडिबिल्डिङमा फाईदै फाईदा

    ब्रेकर : अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीको स्तर धेरै तल पाएको सुनाउँदै यिनले भने, ”सरकार तथा निजी क्षेत्रको सहयोग नभई यो खेल उँभो लाग्न धेरै गाह्रो छ ।” खेल समय नजिकिँदा महिनाको एक लाख रुपैयाँभन्दा बढी र अन्य बेला ३० हजारको हाराहारीमा खचिर्ने दाबी गर्छन् यिनी । ”तर खेलमा मिलेको सफलताअनुसार कमाइ र व्यस्तता पनि बढेको छ”, कुनैसमय पत्निले विवाहमा किनिदिएको गहना समेत बेचेर हौसला दिएको स्मरण गर्दै उनी गम्भीर हुँदै बोले, ”खर्च भए पनि आफ्नो र देशको नाम राख्न पाएकामा सन्तुष्ट छु ।”

    निर्मल श्रेष्ठ
    ५ भाद्र हङकङ ।  
    नेपाल प्रहरीका पूर्व जवान रामबहादुर दाहाललाई शारीरिक सुगठन प्रतियोगिता भिडेर देश–विदेशमा नाम कमाइएला भन्ने रत्तिभर सोच थिएन । साथीभाइका मोटा पाखुराअघि लिखुरे शरीरले गराएको हीनताले जिमखानासम्म डोर्‍याएछ । त्यही ज्यान तंग्रिएपछि भने यिनलाई प्रतियोगितानै भिड्नेसम्मको आत्मबल मिलेछ । अञ्चल र क्षेत्रीय स्तरका प्रतियोगिता जितेर राम्रा खेलाडीको पहिचान बनाइसकेका दाहाललाई धरानमा आयोजित चौथो ”मिस्टर हिमालय” (२०१२) को शिर्ष उपाधिले एकाएक राष्ट्रिय चर्चा दिलाएको हो ।
    त्यसयता सहभागिता जनाएको पछिल्ला दुबै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेपछि यिनको चर्चा थप चुलिएको छ । हालै हङकङमा आयोजित ”इन्टरनेसनल बडीबिल्डिङ एन्ड फिटनेस इनभिटेसन च्याम्पियनसिप” मा उनी ६५ केजी मुनिको नोभिस तौल समूहमा फस्ट रनरअप बनेका हुन् । च्याम्पियनसिपमा हङकङ, चीन, मकाउ, ताइवान, फिलिपिन्स, ब्रुनाई, साउथ कोरिया, जापान लगायत मुलुकका करिब १ सय ८० महिला तथा पुरुष खेलाडीहरको सहभागिता थियो । स्थानीय संस्था ”हङकङ नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ एण्ड फिटनेश” ले दाहाल लगायत ६ नेपाली खेलाडीलाई उक्त प्रतियोगिता भिड्न सघाएको हो । गतवर्ष नोभेम्बरमा भारतको पंजाबमा आयोजित दक्षिण एसियाली शारीरिक सुगठनमा समेत दाहालले ६५ केजी तौल समूहमा दोश्रो पदक जितेका थिए ।
    त्यसो त अहिलेसम्म सहभागी प्रतियोगिताहरमा यिनी एकपटक बाहेक पदकविहिन भएका छैनन् । प्रहरीमा जागिरे छँदै सहभागिता जनाएको ”मिस्टर धरान” सबैभन्दा पहिलो प्रतिस्पर्धा थियो । सुरुवाती प्रतियोगितामै ”ओभरअल च्याम्पियन” बनेका यिनले लगालग ”मिस्टर पूर्वाञ्चल”, ”मिस्टर कोसी”, ”मिस्टर बुढासुब्बा” को उपाधि जिते । प्रतिष्ठित धर्मश्रीमा कुनै बेला शिर्ष उपाधिका लागि शारीरिक सुगठनका चचिर्त खेलाडी सानु गुरुङसँग भिडेका दाहालले उतिबेला दोश्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । मिस्टर हिमालयमा फेरि उनैसँग आमनेसामने भयो । तर यसपटक भने दाहालले बाजी मारे । ”तेह्र वर्षदेखि निरन्तर यस खेलमा छु,” दाहालले कुराकानी भने, ”प्रतीक्षाको फल मिठो हुन्छ भन्थे, दु:ख गरेअनुसार बिस्तारै सफलता मिल्दै छ ।”
    जुडोका ब्ल्याक बेल्ट यिनी कुनै समय नेपाल प्रहरी प्रतिष्ठानमा प्रशिक्षक थिए । २०५४ देखि करिब ६ वर्ष प्रहरीमा जागिरे दाहालले नोकरीसँगै जुडो पनि छाडे । तर पछुतो छैन । खेलकुदलाई नै पेसा बनाएका यिनी विगत साढे पाँच वर्षदेखि दुबईस्थित होटल र्‍याडिसनमा फिटनेश प्रशिक्षक छन् । त्यसअघि साउदी अरबमा थिए । ”बडीबिल्डिङ खेल भनेको दुवै हातमा लड्डु हो,” कसरी ? जिज्ञासामा दाहाल हाँस्दै बोले, ”जिते राम्रै भो, हारे पनि बनेको शरीर त आफ्नै हो नि ।” तर महँगो खेल भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता भिड्न मनग्य लगानी गर्नुपर्ने यिनको अनुभव छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीको स्तर धेरै तल पाएको सुनाउँदै यिनले भने, ”सरकार तथा निजी क्षेत्रको सहयोग नभई यो खेल उँभो लाग्न धेरै गाह्रो छ ।” खेल समय नजिकिँदा महिनाको एक लाख रुपैयाँभन्दा बढी र अन्य बेला ३० हजारको हाराहारीमा खचिर्ने दाबी गर्छन् यिनी । ”तर खेलमा मिलेको सफलताअनुसार कमाइ र व्यस्तता पनि बढेको छ”, कुनैसमय पत्निले विवाहमा किनिदिएको गहना समेत बेचेर हौसला दिएको स्मरण गर्दै उनी गम्भीर हुँदै बोले, ”खर्च भए पनि आफ्नो र देशको नाम राख्न पाएकामा सन्तुष्ट छु ।”
    प्रहरीमा जागिरे छँदाका हाकिम लीलानाथ पन्तलाई यिनले अझै विर्सन सकेका छैनन् । खेलप्रेमी उतिबेलाका प्रहरी निरीक्षक उनैले दाहालको बडीबिल्डिङ प्रतिको लगावलाई हौस्याएर मलजल गरेका थिए । आगामी अगस्ट २७ देखि सेप्टेम्बर २ सम्म भियतनाममा हुने ४७ औँ एसियन बडीबिल्डिङ च्याम्पिएनसिपमा यिनले नेपालको प्रतिनिधित्व गर्दै छन् । उनीसँगै अन्य दुई नेपाली खेलाडी पनि छनौट भएका छन् । ”सबै गेममा जित्ने प्रयास हुन्छ नै,” लाइटवेटमा नेपालले राम्रो प्रर्दशन गर्नसक्ने सम्भावना रहेको बताउँदै बिर्तामोडका ३४ वर्षीय दाहालले भने, ”देशको नाम राख्न सक्दो प्रयास गर्नेछु ।” कान्तिपु दैनिक साभार 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.