• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • १०६ वर्षमा जहाज चढेपछि बोटे राईले भने – ‘चरामाथि चढेर उडेजस्तो लाग्यो’

    ब्रेकर : बोटेले जहाज चढ्दा आफूलाई रमाइलो लागेको बताए । ”बढो आनन्द लाग्यो, मर्नेबेलाको इच्छा पूरा भो,” उनले जहाजको अनुभव सुझाए, ”चरामाथि चढेर उडेजस्तो लाग्यो ।” बोटेले आफ्नो जीवनको अन्तिम इच्छा पूरा भएकाले अब फेरि जहाज नचढ्ने बताए ।

    ५ भाद्र काठमाडौं । 
    नाम: बोटे राई । वर्ष: १०६ । धनकुटाका यी बृद्ध बोटे राईले जीवनभर जहाज चढ्न पाएनन् । स्वास्थ्यजाँचका लागि औषधि लिएर आइतबार पुगेको स्वास्थ्यकर्मी र पत्रकार सम्मिलित टोलीलाई धनकुटा नगरपालिका– ३ निवासी बोटेले जहाज चढ्ने धोको सुनाएको सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
    बोटेलाई काठमाडौंसम्म जहाजमा ल्याउने र राजधानी घुमाइदिने चाहना अरुले पनि राखेका थिए । तर यती एयरलाइन्सले १०६ वर्षे बृद्धको इच्छा पूरा गर्न उछिनेको छ । बोटे र उनका भतिजा मानबहादुर राईलाई यति एयरलाइन्सले पहिलोपटक बिमान चढ्ने धोका पूरा गरिदिएको डेपुटी डाइरेक्टर सरल शमसेर जबराले जनाए । बोटेले जहाज चढ्दा आफूलाई रमाइलो लागेको बताए । ”बढो आनन्द लाग्यो, मर्नेबेलाको इच्छा पूरा भो,” उनले जहाजको अनुभव सुझाए, ”चरामाथि चढेर उडेजस्तो लाग्यो ।” बोटेले आफ्नो जीवनको अन्तिम इच्छा पूरा भएकाले अब फेरि जहाज नचढ्ने बताए ।

    जबराका अनुसार धनकुटाबाट बिराटनगरसम्म गाडीमा ल्याएर राईलाई मंगलबार काठमाडौंमा ल्याइएको छ । उनलाई यती एयरलाइन्सले नै एक रात काठमाडौंको एक होटलमा राखेर बुधबार पशुपतिनाथ मन्दिरमा दर्शन गराएर पुन: उनको निवास पुर्‍याउने व्यवस्था गरेको छ ।
    झुक्किए फोटो पत्रकार
    एयरपोर्टको धावनमार्गबाट यती एयरलाइन्सको भ्यानमा राखेर पत्रकार सम्मेलन कक्षमा ल्याइएको थियो बोटेलाई । उनीसँगै ७५ वर्षका भतिज मानबहादुर राई पनि आएका थिए ।
    भ्यानबाट पहिले मानबहादुर झरे । गाला चाउरी परेका बुढा देख्नेवित्तिकै फोटो पत्रकारले मानबहादुरको फोटो धमाधम खिच्न थाले । एयलाइन्स कर्मचारीले बोटे राई उत्रन बाँकी नै रहेको बताएपछि फोटो पत्रकार जिल्ल परेका थिए । ३० वर्ष जेठा बोटे र मानबहादुरको बुढ्यौली भने उत्तिकै देखिन्छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.