• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पेट्रोलियम पदार्थमा मूल्य बृद्धि, लिटरको १ सय २५ रुपैयाँ

    २६ साउन, काठमाडौं । 
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा शनिवारदृखि बृद्धि गरेको छ । नियम सञ्चालक समितिको शनिबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ तथा मटितेल र डिजेलमा प्रतिलिटर १र१ रुपैयाँ बृद्धि गरेको हो । बढेको नयाँ मूल्य अनुसार पेट्रोल लिटरको १ सय २५ रुपैयाँ पुगेको छ भने मटिट्तेल र डिजेलको समान १ सय रुपैयाँ पर्छ ।

    यसैगरी अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ५० डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाएको छ । निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीका अनुसार बढ्नुअघि १ अर्ब १५ करोड रहेको निगमको घाटा १ अर्बमा झर्नेछ । डलरको भाउ बढ्दा आयत मूल्य बढेपछि मूल्य समायोजन गर्नु परेको उहाँको भनाई छ । ्
    अगष्ट १ मा भारतीय आयल कर्पेरेशनले पठाएको मूल्य सूची अनुसार निगमलाई बृद्धि हुनुअघि पेट्रोलमा प्रतिलिटर ९० पैसा, डिजेलमा ९ रुपैयाँ ३१ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय २३ रुपैयाँ ७३ पैसा घाटा थियो ।
    मूल्यबृद्धि पछि पेट्रोलमा १ रपैयाँ १० पैसा तथा मटिट्तेलमा ७ रुपैयाँ ५४ पैसा नाफा हुन्छ भने डिजेलको घाटा ८ रुपैयाँ ३१ पैसामा झरेको छ । यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धनको मूल्यमा पनि आयल निगमलाई नाफा नै छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.