• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘लेखककी स्वास्नी’ उपन्यासमा संघियताको कुरा समयको धड्कन हो – खगेन्द्र संगौला

    लेखककी स्वास्नी’ उपन्यासको लेखक सुशान्त पात्र राजन मुकारुङ र आफुजस्तै लाग्छ । – खगेन्द्र संगौला
    २४ साउन, काठमाडौ । 
    ‘बादि विज्ञप्ति’ नामक कविता संग्रहकि लेखिका प्रगति राईको दोश्रो कृति ‘लेखककी स्वास्नी’ नामक उपन्यास बजारमा आएको छ । आज विहिवार २४ गते काठमाडौको मण्डला थियटरमा एक समारोहका विच उपन्यासको विमोचन गरिएको थियो । ‘लेखककी स्वास्नी’ उपन्यासलाई चर्चित साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र संगौलाले विमोचन गरेका थिए । विमोचन समारोहमा उपन्यासकि लेखिका राई भने, विदेशमा भएकाले उपस्थित भएकि थिईनन् ।
    lekhakki swasni -pragati rai - photo : bisalchautari.com
    lekhakki swasni -pragati rai - photo : bisalchautari.com
    यम्बुरी बुक प्वाईन्टद्धरा प्रकाशित उपन्यास विमोचन समारोहमा खगेन्द्र संगौला, अतिथिहरु अर्चना थापा र डा. सुधा त्रिपाठिले उपन्यासको बारेमा विश्लेशन गरेका थिए । उपन्यासको बारेमा बोल्दै कार्यक्रममा विश्लेशक साहित्यकार अर्चना थापाले पुस्तकलाई स्वास्नी बादिको रुपमा विश्लेशन गरे । विश्लेशन गर्दै भनिन्–‘आफुपनि लेखककै स्वास्नी भएकाले पुस्तकको नाम र कभर हेर्ने वित्तिकै आफु झस्याङ्ग भएको बताईन् । तर पुस्तकलाई अध्ययन गर्दै गएपछि स्वास्नीले भान्सा, घरभित्रको कुराकानि किन गर्छन्,भन्ने जिज्ञासा मेटिएको थियो, थापाले बताईन् ।’ त्यस्तै कार्यक्रममा डा.सुधा त्रिपाठिले अर्चना थापाको भनाईमा सहमत नहुने बताउदै उपन्यास नारी बादि भएको विश्लेशन गरिन् । उपन्यासको लेखक पात्र सुशान्तको चरित्र राजन मुकारुङ जस्तो लागेको त्रिपाठिले बताईन् ।  
    कार्यक्रममा प्रमुख अथिति खगेन्द्र संगौलाले उपन्यास समाजको वास्तविक चित्रण भएको बताए । संगौलालेपनि उपन्यासको पात्र सुशान्त राजन र आफुजस्तै लागेको बताए । भने–‘जव म यो उपन्यासको पात्र लेखक सुशान्तको झल्को आउछ, म राजनलाई सम्झिन्छु ।’ संगौलाले उपन्यासको एक अंशमाथि यसरी विश्लेशन गरे –‘लेखकको कमाई हुन्न, एउटा साहित्य सृजना गरेपछि पुरस्कारको अपेक्षा गर्छ । त्यो अपेक्षा, त्यो पुरस्कार भित्र एउटा सिंगो परिवारको जिवन रहेको हुन्छ , संगौलाले समिक्षा गरे । ’ संघियता संस्थागत भएपछि गाउगाउमा उज्यालो पुग्छ भन्ने मान्यता उपन्यासमा राखिनु समयको धड्कन रहेको खगेन्द्र संगौलाले बताए । उपन्यासको भाषापनि अव्वल रहेको संगौलाले टिप्पणि गरे । साहित्यकार प्रगति राईको वास्तवमा लेखककै स्वास्नी हुन् । चर्चित आख्यानकार राजन मुकारुङ उनको श्रीमाण हुन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.