• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रणविर र दिपिकको जोडि रोमयो र जुलिएटको

    सञ्जय लीला भन्साली निर्देशित हिन्दी चलचित्र ‘रामलीला’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोनको मुख्य भूमिका देख्न सकिन्छ । सोमबार साँझ मुम्बईमा सार्वजनिक गरेको रामलीला नोभेम्बर १५ मा रिलिज हुने बताइएको छ ।

    यस चोपडाको ब्यानरबाट बलिउड प्रवेश गरेका अभिनेता रणवीरले चलचित्रको मुख्य आकर्षण दीपिका र आफ्नो क्यामेस्ट्री भएको बताए । ‘फिल्ममा दीपिका र मेरो जोडी नै मुख्य आकर्षण हो,’ ब्यन्ड बाजा बरातकी अभिनेता रणवीरले भने, ‘यसमा रोमियो र जूलिएटको प्रेम कहानीजस्तै कथा बुनिएको छ । हाम्रो जोडीले ती पात्रको भूमिका राम्रोसँग निभाएको छ । चलचित्रम सुटिङका बेला यी दुई जोडीबीचको अफेयरबारे खुबै चर्चा हुने गथ्र्यो । आयोजित कार्यक्रममा मिडियाले यसबारे सोधिखोजी गर्दा यी जोडी प्रतिक्रियाविहीन बनेका थिए । रामलीला शैक्सपियरले लेखेको रोमियो र जूलियटको कथामा आधारित भएको बताइएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.