• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालि कलाकारलाई अमेरीकाले रोक्यो कलाकार भिसा, कालो सुचिमा नेपालि कलाकार

    ४ आश्विन, काठमाडौ । केहि नेपाली कलाकारहरुको खराब इमेजका कारण अमेरीकाले पुरै नेपालि कलाकारहरुलाई नै भिसा दिनबाट रोक लगाएको छ ।  अमेरिका कार्यक्रम, सुटिङका लागि पुगेका धेरै नेपालि कलाकार त्यतै लुक्ने गरेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै आएको सुविधामा कटौती गरेको हो ।नेपाली कलाकारहरु कार्यक्रमका लागि अमेरिका जान दिइने पी थ्री भीसामा रोक लगाइएको अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकले प्रकाशित गरेको छ । अमेरिकी सरकारको गृहमन्त्रालयको तथ्यांक अनुसार गत बर्ष १ लाख ६ हजार ३ सय २५ जना कलाकार र खेलाडीहरु कार्यक्रमका लागि पी थ्री भीसामा अमेरिका पुगेका थिए । जसमध्ये १६ जना मात्र नेपाली थिए । सन् २०१२ को मार्चदेखि हालसम्म अमेरिका आउन चाहने प्राय सबै कलाकारहरुको भिसा अस्विकार गरिदै आएको खसोखास साप्ताहिकले जनाएको छ । नेपाली कलाकारहरु अमेरिकामा पुगेर त्यतै बस्न थालेपछि र आयोजकले कार्यक्रम विना नै कलाकारहरुबाट मोटो रकम असुलेर अमेरिका पुर्‍याउन थालेपछि यस्ता कडाई गरिएको हो । प्री थ्री भिसा अस्विकृत भएपछि केही कलाकारहरुले धामिर्क भिसा समेत एप्लाई गरेर अमेरिका पुगेको बताइएको छ । केही समय अघि अभिनेता आर्यन सिग्देल, अभिनेत्री नन्दिता केसी, सुनिता दुलाल र गायक डीजेराजलाई पनि अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो । सन् २००७ मा सबैभन्दा धेरै नेपाली कलाकार अमेरिका पुगेका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.