• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दशैका लागि नया नोट आजदेखि जिल्ला जिल्लामा वितरण गर्दै राष्ट्र बैंक

    १५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट मंगलबारदेखि वितरण गर्ने जनाएको छ । बैंकले वितरणका लागि जिल्ला जिल्लाका वित्तिय संस्थाहरुमा नयाँ नोट पठाइसकेको छ । ग्राहकको भीडलाई ध्यानमा राखेर नोट सटहीका लागि काउण्टर राख्ने व्यवस्था पनि बैंकले गरेको छ ।पर्याप्त मात्रामा नोट मौज्दात रहेकाले यस वर्षको दशैंमा नयाँ नोटको अभाव नहुने बैंकले बताएको छ । ग्राहकले राष्ट्र बैंकको थापाथलीमा रहेको कार्यालयबाट जति पनि नयाँ नोट सटही गर्न सक्ने प्रवत्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । दशैँमा नयाँ नोट सटहीका लागि बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ । बैंकले नोट नभिजाउन, रङ नलगाउन र च्यातिने गरी नखुम्च्याउन आग्रह पनि गरेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.