• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अनिलको ‘ड्रिम’ राजेशपायल र विदुरले सार्वजनिक गरे(फोटो फिचरपनि)

    १५ असोज, काठमाडौ । अहिले नेपालि साङ्गितिक बजारको व्यावसाय ओरालो लागिरहेपनि एल्वमहरु भने हरेक दिन विमोचन हुने गरेको छ । यस्तै क्रममा नव गायक अनल थुलुङको ‘ड्रिम’ नामक एल्वम आज असोज १५ गते विमोचन गरिएको छ । चर्चित गायक राजेशपायल राईको कमलपोखरी स्थित रहेको रोदङ्स रेष्टुरेन्टमा एल्वमको विमोचन गरिएको थियो । एल्वमको विमोचन गायक राजेश पायल राई र चलचित्र पत्रकार संघका अध्यक्ष विदुरी गिरीले संयुक्त रुपमा गायक अनिल थुलुङ राईको एल्वम ‘ड्रिम’ विमोचन गरेका छन ।विमोचन कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि चलचित्र पत्रकार संघका अध्यक्ष गरीले अनिलको एल्वम अनिलको मात्र नभएर नेपालि संगितको धड्कन रहेको बताए । त्यस्तै गायक राजेशपायलले एल्वमका लागि शुभकामना दिदै, एल्वम निकै उत्कृष्ठ बनेकाले आफुले विमोचनमा साथ दिएको बताए । गायक थुलुङको महत्वकांक्षी एल्वममा पाच गित समावेश गरिएको छ भने आधुनिक र रकपप शैलीका गितहरु संकलीत छन । एल्वममा संगितकार तथा गायक विनोद खम्बुको सोलो संगित रहेको छ । गायक थुलुङको यस एल्वममा गितकार श्रवण मुकारुङ, संञ्चारकर्मि नरेश भटराई, विनोद खम्बु र गायक आफ्नै शब्द रहेको छ । विमोचन कार्यक्रममा गायकले चर्को भो जमाना बोलको गित गाएर उपस्थित दर्शकलाई मनोरञ्जन गराउदै सुनाएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.