• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • निर्वाचनपछि मुलुक ठूलो द्धन्दमा जाने नागरिक अगुवाहरुको चेतावनी

    काठमाडौ, १० कार्तिक । नागरिक अगुवाहरुले ठूलो राजनीतिक शक्तिलाई बाहिर राखेर गर्न लागिएको निर्वाचन सम्पन्न भए मुलुक ठूलो द्धन्दमा फस्ने निश्चित भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले संविधान नलेख्न योजना स्वरुपम नेकपा–माओवादीलाई प्रमुख दलहरुले जानजानी बाहिर राखेको आशंका समेत ब्यक्त गरे ।
    साक्षात्कार कार्यक्रममा संविधानविद्ध डा. भिमार्जुन आर्चायले प्रमुख दलहरुले निर्वाचन नगर्न र संविधान पनि नलेख्ने योजन स्वरुप जानी जानी नेकपा–माओवादीलाई प्रक्रियाबाट बाहिर राखेको दावी गर्दै यथास्थितिमा हुने निर्वाचन मुलुकको लागि घातक हुने चेतावनी दिए । दलहरुले पाच वर्षको लागि निर्वाचन भएको बताई रहे पनि संविधानमा अझै संविधानसभाको पहिलो बैठकको चार वर्षसम्म उल्लेख भएको ठूलो शक्ति बाहिर राखेको, सहमतिमा हुनु पर्ने संविधानसभाको निर्वाचनमा सेना परिचालन गर्नु जस्ता विषयले निर्वाचन गर्न घोषणा नगरिएको दावी गर्दै मुलुकको लागि यथास्थितिको निर्वाचन घातक हुने बताए  । उनले भने– ‘ठूलो शक्तिलाई बाहिर राखेर बनाईएको संविधानमा सबै को अपनत्व हुादैन । पछि त्यसले फेरि मुलुकलाई संविधानसभाकै नाममा द्धन्दमा लैजान्छ ।’ 
    बाह्रय शक्तिले नेपालमा स्थायीत्व भन्दा पनि द्धन्द चाहेकोले नियोजित रुपमा अहिलेको अवस्था उत्पन्न गरिएको भन्दै उनले ६० वर्षदेखि संविधानसभाको नाममा मुलुकको विकास रोकिएकोले द्धन्द यथावत रहेको अवस्थामा पुन: मुलुकलाई द्धन्दमा लैजान चुनाव को अर्थ नभएको तर्क गरे । सेना परिचालन गरेर मुलुकमा मुडभेडको आधार तयार पारेर ब्यवस्थापिका, कार्यपालिका र ब्यवस्थापिका  समाप्त पारे सागै योजनाबद्ध रुपमा चुनावमा सेना परिचालन गरेर नेपाली सेनाको औचित्य नै समाप्त पार्न खोजिएको आरोप आचार्यले लगाए । उनले भने–सेना परिचालन गरेर पनि चुनाव भए पनि भने नेपाली सेना असफल भएको पुष्टि हुन्छ र त्यो बेला नेपालमा विदेशी सेना भित्रिन्छ अहिलेको तयारी त्यसैको लागि हो । राजनीतिक विष्लेसक मुमाराम खनालले नेकपा–माओवादीलाई नियोजित रुपमा चुनाव भन्दा बाहिर राखेकोले संविधान बनाउन नसक्ने र शान्ति प्रक्रियालाई पनि निष्कर्समा पुऱ्याउन नसक्ने निर्वाचन नाटकमात्र भएको टिप्पणी गरे । चुनावले नेपालको राष्ट्रियतामा ग्रहण लगाएको बताउादै उनले यथास्थितिमा हुने निर्वाचनले बनाउने संविधानसभाले संविधान निर्माण गरे फेरि माओवादीद्धन्द कालकै जस्तो असन्तुलन र अशान्तिको अवस्था आउने चेतावनी दिए । उनले भने–शान्ति प्रक्रिया निष्कर्समा पुगेको छैन । शान्ति प्रक्रियाका एउटा स्टेक होल्डरलाई बाहिर राखेर निर्वाचन गरिए भोली मुलुकले अर्को ठूलो मुल्य चुकाउनु पर्छ ।
    माओवादीलाई बाहिर राखेर संविधान बनाए त्यो संविधान बन्ना साथ जल्न थाल्ने  आशंका ब्यक्त गर्दै खनालले  मुलुकले अर्को द्धन्द खेप्न नसक्ने भएकोले यस विषयमा गंभिर हुन आग्रह गरे । उनले चुनाव खनालले माओवादी बाहिर रहनुको पछाडी कुनै सैद्धान्तिक कारण नभई प्राविधिक कारण मात्र भएकोले उनीहरुको माग पुरा गरेरै अघि बढ्नु सबै भन्दा सहज हुने टिप्पणी गरे । राजनीतिक विष्लेसक डा. सुरेन्द्र केसीले  आम सहमति विनाको निर्वाचन मुलुकलाई पुन: अर्को द्धन्दको दुष्चक्रममा  हाल्ने षडयन्त्र भएको दावी गर्दै मुलुक २००७ सालको अवस्थामा पुगेको बताए । विश्व समूदायको तिब्बत हेर्ने र चाईनालाई घेर्ने ग्राईण्ड डिजाईन अन्र्तगत नेपाललाई द्धन्दमा हाल्ने खोजिएको र त्यसैको प्रभावमा प्रमुख दलका नेताहरु परेको आरोप लगाउादै उनले यो नेपालमा गोलमाल उत्पन्न गरेर सार्वभौमिकता सक्ने दाउ भएको दावी गरे । द्धन्दको पसल चलाउने हरु बेरोजगार हुने भए पनि पुन द्धन्दको पसल चलाउने योजनामा नेपालमा घटनाहरु घटेको भन्दै अब फेरि हुने द्धन्दलाई मुलुकले थेग्न नसक्ने तर्क गरे । केसीले सबै प्रमुख दलहरु कमजोर देखिएको र कसैको पनि बहुमत नआउने अवस्था रहेकोले निर्वाचन सर्ने सम्भावना कायमै रहेको तर्क गर्दै माओवादी विनाको निर्वाचन गर्ने निर्णय दलहरुले आफै नगरि बाहिरको दवावमा गरेको आरोप लगाए । अधिकारकर्मी चरण प्रसाईले मंसिर ४ गते हुन लागेको निर्वाचनलाई राष्ट्रले नस्विकारेको शाक्ति प्रक्रिया विरुद्धको ऐतिहासिक भुलको संज्ञा दिए । उनले यो संविधानसभाले सत्ता हस्तान्तरण बाहेक केही हुन नसक्ने भएकोले दोस्रो संविधानसभाको निर्वाचनले तेस्रो संविधानसभाको निर्वाचनको ढोका खोलेको दावी गरे । प्रसाईले भने–पहिला नै हामिले मधेस र आदीबासीका कुरा संविधानमा राखौ भन्दा दलहरुले नमानेर मधेस र जनजाती आन्दोलन भयो । अब पनि बैद्य विनाको निर्वाचन नगर भन्दा मानेका छैनन यसले मुलुकलाई फेरि द्धन्दमा लैजान्छ । उनले माओवादीसाग सहमति गरेर चैतमा निर्वाचन गर्दा पनि कुनै फरक नपर्ने दावी गर्दै देशको निर्णय बाहिरबाट हुादा अहिलेको जटिल परिस्थिति उत्पन्न भएको बताए । 
    अधिकारकर्मी सुदिप पाठकले निर्वाचन विवाद रहित हुन नसकेको र माओवादी बाहिर रहेकोले आगामि निर्वाचन सत्ता परिवर्तन बाहेक संविधान निर्माण गर्न नसक्ने ठोकुवा गरे । उनले निर्वाचन पछि मुलुक फेरि ठूलो द्धन्दमा जाने चेतावनी दिदै त्यसपछि को अवस्थामा मुलुक विखण्डन तिर जाने आशंका ब्यक्त गरे । पाठकले भने–यो निर्वाचनले सरकार बनाउाछ तर संविधान पनि बनाउन सक्दैन, द्धन्द पनि रोक्न सक्दैन । यसपछि बन्ने सरकार सबै भन्दा कमजोर हुन्छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.