• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सुर्खेतमा शिक्षक पनि निर्वाचनमा परिचालन

    सुर्खेत, २४ कात्तिक । संविधानसभाको निर्वाचनका लागि सुर्खेतमा शिक्षकलाई पनि परिचालन गरिएको छ । कर्मचारीबाटै काम चलाउने योजना बनाएको जिल्ला निर्वाचन कार्यालयले जनशक्तिको अभावका कारण शिक्षकलाई पनि निर्वाचनमा परिचालन गरेको हो ।
    यसअघिका निर्वाचनमा पनि शिक्षकलाई परिचालन गरिएको थियो । शिक्षकलाई निर्वाचनमा परिचालन गर्दा शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै यसपालि परिचालन नगर्ने निर्णय गरिएको थियो । तर जनशक्ति कमी हुने भएपछि अन्तत: निर्वाचन कार्यालय शिक्षकलाई पनि परिचालन गर्ने निर्णयमा पुगेको हो । निर्वाचन कार्यालयले निर्वाचनमा दुई हजार ६०० कर्मचारी परिचालन गरेको भए पनि जनशक्ति कम भएपछि प्राथमिक तहका १०० जना स्थायी शिक्षकलाई परिचालन गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनुभयो । निर्वाचनमा क्षेत्र नं २ का शिक्षकलाई क्षेत्र नं १ र ३ मा पठाउने र १ र ३ का शिक्षकलाई क्षेत्र नं २ मा परिचालन गरिने उहााले जानकारी दिनुभयो । पचास गाविस र एउटा नगरपालिका रहेको यस जिल्लामा १०३ मतदान स्थल, २१७ मतदान केन्द्र र छ वटा अस्थायी मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायकसहित आवश्यक कर्मचारी परिचालन हुनेछन् । 
    जिल्लामा रहेका तीनवटा निर्वाचन क्षेत्रका लागि एक हजार ६७ स्वयम्सेवक परिचालन हुनेछन् । प्रत्यक निर्वाचन अधिकृतले सम्बन्धित मतदान केन्द्रमा बढीमा तीन दिनका लागि तीन जनाका दरले कर्मचारी राख्न सक्ने प्रावधान रहेको छ । रासस 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.