• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पाच महिनापछि सम्पादनमा बर्दी

    काठमाडौं । सुटिङ भएको करिब पाच महिनापछि चलचित्र ‘बर्दी’को सम्पादन सोमबारबाट सुरु भएको निर्माण युनिटले बताएको छ । विजयविक्रम बस्नेतले निर्देशन गरेको चलचित्रको सुटिङ बेलैमा सके पनि केही प्राविधिक कारणले चलचित्र सम्पादन कक्षमा ढिलो पुगेको हो ।
    चलचित्रका निर्माता कुमार आचार्यका अनुसार राजधानीको कालीगण्डकी सिनेम्याक्समा रविन्द्र खड्काले चलचित्रको सम्पादन सुरु गरेका छन् । आचार्यले केही दिनभित्र सम्पादनको काम सकिने जानकारी दिए । चलचित्रले समाजमा सुरक्षा निकायको उपस्थिति नहुदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको छ ।चलचित्रमा कुशल थापा, रूपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु र भानु प्रतापको अभिनय रहेको छ । सानु महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दिपेशराज गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा रहेको छ । निर्माता आचार्यका अनुसार हेटौंडा, सर्लाही र जनकपुरलगायतका तराईका विभिन्न स्थानमा सुटिङ गरिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.