• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री अनुष्का र क्रिकेटर विराट प्रेम चक्करमा

    मुम्बई। बलिउड स्टार र क्रिकेट खेलाडीबीचको लभ अफेयर्सबारे बलिउडमा सधैं चर्चा भइरहेको हुन्छ । बलिउड स्टार्सका साथ क्रिकेटरबीच अफेयस गर्ने चलन पुरानो भइसकेको छ । एक समय भारतका क्रिटेर युवराज सिंहको नाम केही हीरोइनसाग जोडिएको थियो ।
    यस्तै, हिजोआज विराट कोहलीको नाम अभिनेत्री अनुष्का शर्मासाग जोडिएको छ । उनीहरु केही समययता सागै देखिन थालेका छन् । यसअघि विराटको नाम अभिनेत्री सारा जेन डियाजसाग जोडिएको थियो । 
    समाचारमा जनाइएअनुसार गएको अइतबार राती मुम्बईस्थित बर्सोवा नगरमा अनुष्का र विराट भेटिएका थिए । बताइएअनुसार सो दिन अनुष्का घरबाट रेन्ज रोभर गाडीमा निस्केकी थिइन् र घर अगाड रोडमा केही मिनेट गाडी रोकेर बसेकी थिइन् । त्यसै समय गाडीमा विराट आएर बसेपछि उनीहरु मुम्बई नगरीतिर हुाइकिएका थिए । त्यतिखेर अनुष्का गुलाबी रंगको पहिरनमा थिइन् भने विराटले काले रंगको टि–शर्ट र जिन्स लगाएका थिए ।
    केही साताअघि मात्र विराट र अनुष्काले एक स्याम्पूको विज्ञापन गरेका थिए । त्यसै समयमा उनीहरु नजिक भएको बताइन्छ । यसअघि विराट र अभिनेत्री सारा जेन डियाजको प्रेम चर्चा बलिउडमा व्यापक थियो तर अहिलेचाहिा विराट अनुष्काको प्रेम चक्करमा फसेको चर्चा छ । (एजेन्सी) 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.