• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • तक्मेबुढाको स्वर मनपराउने १० दिनमा ५० हजार (भिडियो सहित)

    विशाल चौतारी समाचार ।
    काठमाडौ, ९ मंसिर । अभिनेता विल्सन विक्रम राई अभिनयमा जति सफल र लोकप्रिय छन्, त्यति नै मात्रामा अभिनेता विल्सन गाउनमापनि पोख्त रहेछन् । अभिनेता तक्मेबुढाको नामले समेत चिनिने विल्सन मिठो स्वरका धनी भन्दा कुनै फरक पदैन । कलाकारीतामा लोकप्रिय बन्नु भन्दा पहिला अभिनेता विल्सनले केही प्यारोडी गीतमा स्वरपनि दिइसकेका थिए ।
    नेपालि चलचित्र क्षेत्रमा सफल चलचित्र ‘सायद’ बाट दर्शकहरुमाझ लोकप्रिय बनेका अभिनेता विल्सनले पछिल्लो पटक भने पूर्वेली लोक भाकामा स्वर दिएका छन् । केही महिना अघि मात्रै स्वर रेकर्ड गराएर युवट्युवमा अपलोड गरिएको अभिनेता विल्सनको स्वरमा ‘नाईन्टिन फौन्टिन’ बोलको पूर्वेली लोक भाका क्रमिक रुपमा दर्शक, श्रोताहरुमाझ लोकप्रिय बन्दै गईरहेको छ । सामाजिक सञ्जाल युटुवमा १० अगाडि राखिएको अभिनेता विल्सनको ‘नाईन्टिन फौन्टिन’ गितलाई मंसिर ९ गते आईवार बेलुकि सम्म ४८ हजार ९ सय ७३  हजार भन्दाबढिले हेरेका छन् । अभिनेता विल्सनकै शब्द रहेको यस गीतमा उमङग लामाको संगीत छ । गीतलाई मन पराएर प्रतिक्रिया दिनेको संख्या बढ्दो छ । पछिल्लो समयमा युरोप यात्रामा निश्किएका अभिनेता विल्सन ‘नाईन्टिन फौन्टिन’ गीत हिट भएपछि खुसी रहेका छन् ।
    अभिनेता विल्सन विक्रम राई अहिले सञ्चारकर्मी सुत आचार्यले निर्देशन गर्ने चलचित्र ‘अधकट्टी’मा व्यस्त हुनेछन् । सो चलचित्र लगत्तै चलचित्र ‘तक्मेबुढो लस्ट इन लण्डन’को छायाँकनमा जुट्ने समेत अभिनेता विल्सनले बताएका छन् । अभिनेता विल्सनको कथामाथी बन्न लागेको यस चलचित्रलाई निरक पौडेलले निर्देशन गर्ने भएका छन् ।
                         भिडियोपनि हेर्नुहोला                   

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.