• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • धुर्मुसको ठूलो पर्दामापनि भिन्न–भिन्न अवतार

    काठमाडौ : सानो पर्दा अर्थात नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिफिल्म ‘मेरीबास्सै’मा विभिन्न अवतारमा प्रस्तुत हुदै आएका चलचित्र हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस)लाई ठुलो पर्दामा पनि भिन्न–भिन्न अवतारमा प्रस्तुत भएको  देख्न पाइने भएको छ ।
    चलचित्र ‘छ एकान छ’मा अभिनेता बनेका हास्य अभिनेता धुर्मुसलाई लेखक तथा निर्देशक विकास आचार्यले चलचित्र ‘नाइ नभन्नु ल २’मा तीन भिन्न–भिन्न अवतारमा प्रस्तुत गरेका छन् । हास्य टेलिफिल्ममा नेतादेखि नेवारी समुदायका मुस्कान पासा पात्रसम्मको अवतारमा प्रस्तुत हुने हास्य अभिनेता कट्टेललाई चलचित्र ‘नाइ नभन्नु ल २’मा भने ज्योतिष, पागल र साधारण व्यक्तिको भुमिकामा देख्न सकिने निर्देशक आचार्यले बताएका छन् ।चलचित्रमा निभाएको यी तीन क्यारेक्टर बारे दर्शकले दिने प्रतिक्रियालाई लिएर आफु निकै नै उत्साहित भएको सितारामले बताएका छन् । हास्य अभिनेता सितारामले चलचित्रमा फरक गर्ने कोशिस गरेको बताएका छन् । निर्देशक आचार्यले पनि धुर्मुसको अभिनयले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । चलचित्र ‘नाइ नभन्नु ल २’ अभिनेता सितारामसंगै चलचित्रमा अभिनेता जीवन लुईटेल, सुरज सिंह ठकुरी, प्रीयंका कार्की, सरोज खनाल, वर्षा सिवाकोटी, सुज्ञानी भट्टराईको अभिनय रहेको छ । नेपाली नयाँ वर्षमा प्रदर्शनको लक्ष राखिएको चलचित्र निर्माण युटिनले बताएको छ ।
    watch this video

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.