• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • समानुपातिकमापनि कांग्रेसलाई ९१, एमालेलाई ८४ सीट

    विशाल चौतारी सम्वाददाता
    काठमाडौँ, १३ मंसिर । प्रत्यक्षतर्फ सबैभन्दा बढी १०५ सीट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ ९१ सीट जितेर १ सय ९६ सीट पुर्‍याएको छ । एमालेले प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ८४ सीट जितेर १ सय ७५ सीट हासिल गरेको छ । कांग्रेस भन्दा एमाले २१ सीटले तल परेको छ । एमाओवादीले प्रत्यक्षमा २६ र समानुपातिकमा ५४ गरी ८० सीटका साथ आफूलाई तेश्रो दल बनाएको छ भने राप्रपा नेपालले समानुपातिकमा २३ सीट हात पारेर आफूलाई चौथो दलका रुपमा उम्याएको छ ।
    समानुपातिकतर्फको पछिल्लो मतपरिणामपछि दोश्रो संविधानसभामा ३१ दलको सहभागिता रहने भएको छ । पहिलो संविधानसभामा २५ दलमात्रै थिए । प्रत्यक्षतर्फ १० दलमात्रै छनोट भएकामा समानुपातिकमा ३२ दल भएका छन् । अघिल्लोपटक संसिधानसभामा नआएका अखण्ड नेपाल, तराई मधेस समाजवादी पार्टी, थरुहट, मधेस समता पार्टी र जनजागरण पार्टी लगायत थपिएका छन् । पहिलो संविधानसभामा जस्तै यसपटक पनि ३ जना स्वतन्त्र सभासदले चुनाव जितेका छन् ।
    watch this video

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.