• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नन्दिता हाँस्य अभिनेता महजोडिसँग देखिने

    २३ कात्तिक, काठमाडौ । अभिनेत्री नन्दिता केसीले फिल्ममा टेक नदिएको लामै समय भैसक्यो । दशैं अगाडी युरोप यात्रा सकेर काठमाडौ आएकी नन्दिताले हालसम्म कुनै फिल्म साइन गरेकी छैनन् । तर  केसिले फिल्ममा साईन नगरेपनि मह जोडीसँग एउटा टेलिफिल्ममा काम गर्ने भएकि छिन् ।
    हाँस्य अभिनेतासँग काम गर्ने आफ्नो सपना पूरा भएको भन्दै नन्दिताले फिल्मिखबरलाई बताएकि छिन् । उनले आफ्नो खुसी साट्दै भनिन्– मह जोडीसँग काम गर्न एकदमै रमाइलो भयो । उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि ठुलो खुसी हो ।” मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग नन्दिताले अभिनय गरेको टेलिफिल्मको ‘स्यावास’ नामाकरण गरिएको छ । केही सातापछि यो टेलिफिल्मलाई नेपाल टेलिभिजनमा हेर्न सकिनेछ । स्यावासमा नन्दिताले एक स्कूल गर्लको भुमिका निभाएकी छिन् । नन्दिताले गाउँमा मुखियाले गर्ने गलत निर्णय विरुद्ध आवाज उठाउने छिन् । काठमाडौं र धुम्पुसमा छायाँकन गरिएको यो टेलिफिल्म २ भाग मात्रै प्रसारण हुनेछ । पछिल्लो समय अभिनेत्रीहरुको व्यस्तता फिल्ममा भन्दा पनि म्यूजिक भिडियो, स्टेज कार्यक्रम र टेलिफिल्ममा बढ्न थालेको छ । कतिपय अभिनेत्रीहरु फिल्म नपाएर घरमा विश्राम लिइरहेको बसिरहेको अवस्था छ । नन्दितासँगै झरना थापा, शुष्मा कार्की, गरिमा पन्त, अनु शाह जस्ता अभिनेत्रीलाई अहिले फिल्म सुटिङको हतार छैन ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.