• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चलचित्र पत्रकार संघलाई सहयोग

    विशाल चौतारी समाचार ।
    काठमाडौँ । पत्रकार तथा चलचित्रकर्मि सरोज केसीले संचालन गर्दै आएको फिल्मी सम्वन्धि कार्यक्रम ‘३५ एमएम’ले ५२ भाग पुरा गरेको छ । ५२ भाग पुरा गरेको अवसरमा सरोजले विशेष कार्यक्रमको आयोजना गर्दै केक काटेका छन् ।
    साथमा उनले विभिन्न चलचित्र पत्रकार तथा आफ्नो टिमलाई मायाको चिनो पनि प्रदान गरेका छन् । यसैबिच कार्यक्रमले सफलताका साथ ५२ भाग पुरा गरेको अवसरमा चलचित्र पत्रकार संघलाई नगद १० हजार सहयोग गरिएको छ । सरोजले चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा चलचित्र पत्रकारहरुलाई निम्तो गरिएतापनि कुनै पनि चलचित्रकर्मीलाई नबोलाएको सरोजले बताए । न्यूज २४ बाट प्रशारण हुँदै आएको यो कार्यक्रमले सिने नगरीको सत्य तथ्य बिषयलाई बोल्दै आएको कार्यक्रम सञ्चालक सरोजको भनाई रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.