सल्मानको ‘जय हो’ २४ जनावरीमा
मुम्बई : बलिउड अभिनेता सल्मान खानको पछिल्लो चलचित्र ‘जय हो’ अभिनेता सल्मानको फ्यानहरुको मात्र होईन, चलचित्र प्रेमि सबै दर्शकहरुले पर्खाई रहेको छ । अभिनेता सल्मानको यो चलचित्र २४ जनवारीको रिलिज हुने भएको छ र यस चलचित्रमा उनको अपोजिटमा डेजी शाहले काम गरेकी छिन् । जस्लाई अभिनेता सल्मानले आफै छनौट गरेका थिए । 

अभिनेता सल्मानको यस चलचित्रमा खास कुरा यो छ कि, उनको पछिल्लो चलचित्रहरुमा हुने मसाले चलचित्रहरु जस्तो हुने छैन । यस चलचित्रमा स्टोरी र स्कृप्टपनि धेरै राम्रो हुने बताइएको छ । यस चलचित्रलाई दर्शकहरुले पर्खाइमा राख्नको कारण अर्को कुरा २०१३ मा अभिनेता सल्मानको कुनैपनि चलचित्र रिलिज भएको छैन ।
अभिनेता सल्मानले अभिनेत्रीको रुपमा डेजीसंगै ‘ग्राण्ड मस्ति’का ब्रुना अब्दुल्लाहलाईपनि चलचित्रमा लिएका छन् । तर अभिनेत्री ब्रुना सानो रोलमा मात्र देखिएकि छिन् ।
चलचित्र ‘जय हो’मा अभिनेता सल्मान खान लिड रोलमा रहेपनि एक रोमान्टिक गितमा भने अश्मित र ब्रुनाको रोमान्स रहेको छ । चलचित्रको कहानि एक रेड पार्टिबाट हुनेपनि सार्वजनिक भएको छ । सो रेड पार्टिमा एक गित बजिरहेको समयमा अभिनेता सल्मानको इन्ट्रोडक्सन गरीएको छ । (एजेन्सि)


youtube-bisal chautari watch this video
0 comments
Write Down Your Responses