• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • देवकोटा र लु सुनको जीवन र लेखनसम्वन्धी दुईदिने प्रदर्शनी हुने

    विशाल चौतारी  समाचार
    काठमाडौ १९ मंसिर ।
    नेपाल चीनबीचको सांस्कृतिक संवन्धलाई सुदृढ पारी साहित्यको क्षेत्रमा रचनात्मक कामहरु गर्ने उद्देश्यले नेपालका महान् साहित्यकार लक्ष्मी प्र. देवकोटा र चीनका महान् साहित्यकार लु सुनको संयुक्त स्मृतिमा देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठानले आउदो मंसीर २१ र २२ गते शुक्रवार र शनिवारका दिन विशेष प्रदर्शनि कार्यक्रम गर्ने भएको छ ।
    कार्यक्रममा लु सुनको जीवन र लेखन सम्वन्धी  दुईदिने प्रदर्शनी तथा देवकोटा र लु सुनको कृतित्वबारे पाचवटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ । लु सुनको जीवन र लेखनसम्वन्धी  दुईदिने प्रदर्शनीमा चीनको बेइजिंगबाट ल्याइएका लु सुनबारेका महत्वपूर्ण फोटोग्राफहरु, दस्तावेजहरु, पुस्तकहरु समावेश हुनेछन् । प्रदर्शनीमा महाकवि देवकोटाकाबारे पनि महत्वपूर्ण सामग्रीहरु रहनेछन् । विचारगोष्ठीका प्रस्तोताहरु नेपाल, चीन र अष्ट्रेलियाका विद्धानहरु रहनेपनि आयोजकले जानकारी दिएका छन् ।
    कार्यक्रममा भाग लिन चीन तथा अष्ट्रेलियाबाट ७ जना सहभागीहरु हिजो बुधबारको दिन नै नेपाल आईसकेकोपनि आयोजकले बताएको छ । सहभागीहरुमा बेइजिंग लु सुन म्यूजियमका निर्देशक यांग यांग, बेइजिंग युनिर्भसिटीका प्राध्यापक गाओ युयांगडोंग, रेनमिन युनिर्भसिटीका प्राध्यापक शुन यी र अष्ट्रेलियाको युनिर्भसिटी अफ साउथ वेल्सका प्राध्यापक जोन एउगिन भोन कोलिस लगायत ७ जना पाहुनाहरु हङकङ हुादै काठमाण्डौं आएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.