संजयको १ मिनेटको फिल्म ‘नफकिर्एकाहरु’ उत्कृष्ट
विशाल चौतारी समाचार
काठमाडौं, ११ माघ । इन्टरफेस नेपालद्धारा आयोजित ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलमा संजय चौलागाईद्धारा निर्देशित फिल्म नफकिर्एकाहरु विजेता बनेको छ । शुक्रवार थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा विजेताको अवार्डसँगै उनले नगद २५ हजार पनि हात पार्न सफल भएका छन् ।.jpg)
चलचित्र निर्देशक यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिवलमा कुशल श्रेष्ठद्धारा निर्देशित कलर्स अफ लाईफ र शशांक रिजालद्धारा निर्देशित उडान क्रमश फस्र्ट रनर अप र सेकेण्ड रनर अप भए । उनीहरुले क्रमश १५ र १० हजार नगद प्राप्त गरे ।
त्यसैगरी जुरी अवार्ड निर्देशक रोविन दाहालको वान (इलभ) र पब्लिक चोइस अवार्ड निराजन भण्डारीको द लाष्ट कलले जितेको छ । उनीहरुले पनि अवार्डसँगै १० र १० हजार नगद जिते । यी पाँचै विजेताले सिम्रिक एअरलाईन्सका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर पनि पाएका छन् र थप एक प्रतिस्पधाको अवसर । पाँचै विजेता माउन्टेन फ्लाईटमा जाँदा सो (माउन्टेन फ्लाइट) सम्बन्धी २ मिनेटको फिल्म बनाउन सक्नेछन र उत्कृष्ठ फिल्मलाई पुन: ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । .jpg)
इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभूषण पाठकले युवाहरुलाई रचनात्मक काममा अग्रसर गराउन फेस्टिवल आयोजना गरेको बताउनु भयो । फेस्टिवल निर्देशक शिखा प्रसाईंले फेस्टिवल अब हरेक वर्ष आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्णायक मण्डलमा चलचित्र निर्देशक यादब खरेल, अभिनेत्री निशा अधिकारी, चलचित्र समिक्षक यज्ञश, चलचित्र निर्देशकरकलाकार इलम दिक्षित र युवा अभियन्ता राजेन्द्र मुल्मी हुनुहुन्थ्यो ।
काठमाडौं, ११ माघ । इन्टरफेस नेपालद्धारा आयोजित ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलमा संजय चौलागाईद्धारा निर्देशित फिल्म नफकिर्एकाहरु विजेता बनेको छ । शुक्रवार थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा विजेताको अवार्डसँगै उनले नगद २५ हजार पनि हात पार्न सफल भएका छन् ।
.jpg)
चलचित्र निर्देशक यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिवलमा कुशल श्रेष्ठद्धारा निर्देशित कलर्स अफ लाईफ र शशांक रिजालद्धारा निर्देशित उडान क्रमश फस्र्ट रनर अप र सेकेण्ड रनर अप भए । उनीहरुले क्रमश १५ र १० हजार नगद प्राप्त गरे ।
.jpg)
.jpg)
इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभूषण पाठकले युवाहरुलाई रचनात्मक काममा अग्रसर गराउन फेस्टिवल आयोजना गरेको बताउनु भयो । फेस्टिवल निर्देशक शिखा प्रसाईंले फेस्टिवल अब हरेक वर्ष आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
.jpg)
0 comments
Write Down Your Responses