• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सोनाम ल्होछार भब्य रुपमा मनाइने

    विशाल चौतारी समाचार
    काठमाडौं, ११ माघ ।
    पहिचानसहितको संघीय संविधान निर्माण गरौं, पहिचान पहुाच र प्रतिनिधित्वको अधिकार स्थापित गरौं लगायतका नाराका साथ तामाङ जातिको धार्मिक एवं साास्कृतिक महान चाड ता ल्हो (नयाा घोडा वर्ष) सोनाम ल्होछार २८५० भब्य रुपमा मनाईने भएको छ । संविधानमा जातिय पहिचान र प्रतिनिधित्वको माग गर्दै मनाउन लागिएको ल्होछारमा नेपाल तामाङ घेदुङको संयोजकत्वमा एक सय  १७ वटा भन्दा बढी संघसंस्थाको सहभागीता रहने मूल संयोजन समितिका सचिव कुमारब्लोन तामाङले जानकारी दिए ।
    ल्होछारको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव ब्लोनले ल्होछारलाई साझा राष्ट्रिय साास्कृतिक पर्वको रुपमा विकास गर्न राज्यले साास्कृतिक नीतिको घोषणा  गर्नुपर्ने माघ राखे ।
    राजधानीको खुल्लामञ्चमा आयोजना गरिने ल्होछार कार्यक्रका लागी एक हजार एक सदस्यीय मूल संयोजन समिति गठन गरिएको छ । तामाङ जातिले माघको शक्ल प्रतिपदादेखि १५ दिनसम्म मनाउने यस चाडलाई औपचारिक रुपमा भने माघ १६, १७ र १८ गते मनाउन लागिएको संयोजन समितिले जनाएको छ ।
    माघ १५ र १६ गते लामागुरुद्वारा पाठपूजा, ल्हाछार दिपावली, साास्कृतिक कार्यक्रम गर्ने, १७ गते खुल्लामञ्चबाट विशाल तामाङ साास्कृतिक र्‍याली तथा साास्कृतिक कार्यक्रम गर्ने कार्यक्रम रहेको ल्होछारको कार्यक्रमबारे सचिव ब्लोनले जानकारी गराए । माघ १८ गतेका दिन भब्य रुपमा मनाईने ल्होछारको उद्घाटन अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलरज रेग्मीले गर्ने कार्यक्रम रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.