• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कामनाले चौधरी ग्रुपसँग मिलेर फिल्म अवार्ड गर्दै

    विशाल चौतारी समाचार
    काठमाडौं, ११ माघ ।
    विगत लामो समयदेखी सञ्चालनमा आएको सिने मासिक पत्रिका ‘कामना’ले पहिलो पटक चौधरी ग्रुपको सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना फिल्म अवाड्र्सको आयोजना गर्ने भएको छ ।
    फिल्म अवार्डमा २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रलाई सामेल गरी आगामी वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्ने राजधानीको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा यो अवार्डलाई निष्पक्ष रुपमा गरिने कामना न्यूज पब्लिकेसनका अध्यक्ष पुष्करलाल श्रेष्ठले बताए । भने –‘अवार्ड भन्नासाथ निष्पक्षताको कुरा आउने गर्छ, त्यसका लागि हामी सर्वप्रथम अवार्डका हरेक गतिविधिलाई पूर्णरुपमा पारदर्शी बनाउनेछौं । साथै मूल्यांकन प्रक्रियालाई पनि सरल र विवादरहित बनाउनका लागि हरेक विधाको मापदण्ड निर्माण गर्नेछौं’ । नेपाली चलचित्र क्षेत्रको गुणात्मक विकास, चलचित्रकर्मीको उचित सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहित गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डको थालनी गर्न लागेकोपनि श्रेष्ठले प्रस्ट पारे ।
    फिल्म अवार्डको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा कामना न्यूज पब्लिकेसनका अध्यक्ष पुष्करलाल श्रेष्ठ र सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले अवार्ड प्रायोजन गर्ने बारेको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भिडियो प्रस्तुतिमार्फत पत्रकारहरुलाई अवार्डको जानकारी दिइएको पत्रकार सम्मेलनमा बोल्दै उद्योगपति तथा सिजीका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवाड्र्ससँग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवको विषय रहेको बताए । अवार्डको निरन्तरताबारे कसैलाई शंका नगर्न अनुरोध गर्दै सिजीका  उद्योगपति चौधरीले निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपाली चलचित्र क्षेत्रको महाउत्सव हुने बताए ।
    पत्रकार सम्मेनल कार्यक्रममा पब्लिकेसनका प्रबन्ध सम्पादक तथा प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले अवार्ड कार्यक्रमले पुरानो र नयाँ पुस्ताबीचको खाडल पुर्ने आफुलाई विश्वास रहेको बताए । यस्तै कामनाका सम्पादक विदुर गिरीले कामना फिल्म अवाड्र्सलाई अवार्ड विजेताहरु मात्र नभई अवार्डबाट वञ्चित हुनेहरु समेत खुशी रहने गरी अवार्ड सञ्चालन गरिने विश्वास लिन सबैलाई आग्रह गरे । सम्पादक गिरीले कामना फिल्म अवार्ड चलचित्रकर्मीकै अवार्ड भएकाले सरोकारवाला पक्ष तथा संघ–संस्थासँगको सल्लाह सुझावबाटै अघि बढिरहेको पनि बताए । पत्रकार सम्मेलन कार्यत्रलममा सदावहार भनेर चिनीने अभिनेत्री करिश्मा मानन्धरद्धारा सञ्चालित कार्यक्रममा कामना फिल्म अवार्डलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड,  प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवंम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ ।
    कामना फिल्म अवार्डका विधाहरु
    – मुख्य अवार्डहरु
    १. सर्वोत्कृष्ट चलचित्र
    २. सर्वोत्कृष्ट निर्देशक
    ३. सर्वोत्कृष्ट अभिनेता
    ४. सर्वोत्कृष्ट अभिनेत्री
    ५. सर्वोत्कृष्ट खलपात्र
    ६. सर्वोत्कृष्ट हास्य कलाकार
    ७. सर्वोत्कृष्ट सह–अभिनेता
    ८. सर्वोत्कृष्ट सह–अभिनेत्री
    ९. सर्वोत्कृष्ट संगीतकार
    १०. सर्वोत्कृष्ट गीतकार
    ११. सर्वोत्कृष्ट पाश्र्व गायक
    १२. सर्वोत्कृष्ट पाश्र्व गायिका
    १३. सर्वोत्कृष्ट नवनिर्देशक
    १४. सर्वोत्कृष्ट नवअभिनेता
    १५. सर्वोत्कृष्ट नवअभिनेत्री
    १६. सर्वोत्कृष्ट बालकलाकार

    –  प्राविधिक अवार्ड

    १. सर्वोत्कृष्ट कथा
    २. सर्वोत्कृष्ट पटकथा
    ३. सर्वोत्कृष्ट संवाद
    ४. सर्वोत्कृष्ट छायांकन
    ५. सर्वोत्कृष्ट सम्पादन
    ६. सर्वोत्कृष्ट नृत्य निर्देशन
    ७. सर्वोत्कृष्ट ध्वनि मिश्रण
    ८. सर्वोत्कृष्ट पाश्र्व संगीत
    ९. सर्वोत्कृष्ट दन्द्ध निर्देशन
    १०. सर्वोत्कृष्ट शृङगार

    – सम्मान समर्पण

    १. एक लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट सम्मान

    –  क्रिटिक्स अवार्ड

    १. सिजी संगीत क्रिटिक्स अवार्ड
    २. सिजी फेशन क्रिटिक्स अवार्ड
    ३. सिजी नाटक क्रिटिक्स अवार्ड

    –  जुरी अवार्ड

    १. जुरी अवार्ड (फिल्म वा कलाकार/प्राविधिक)

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.