• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एकल साझमा ‘तिम्ले पराइ ठानेपछि’ का संगीतकार सन्तोस

    विशाल चौतारी समाचार
    काठमाडौं, ३० पुस ।
    नेपाली साङ्गीतिक क्षेत्रका पछिल्ला चर्चित संगीतकार सन्तोष श्रेष्ठले एकल साझ गर्ने भएका छन् । संगीतकार श्रेष्ठको धेरै परिचय दिइरहन पर्दैन, केही समय अगाडीको चर्चित गीत ‘तिम्ले पराई ठानेपछि’ नै काफी छ उनको परिचय । यहि चर्चित संगीतकार सन्तोष श्रेष्ठ २१ माघमा दाङमा गुञ्जिँदैछन् । राप्ती साहित्य परिषद् दाङको भवन निर्माण सहयोगार्थ संगीतकार श्रेष्ठले ‘सन्तोष श्रेष्ठ एकल साँझ’ गर्न लागेका हुन् ।
    सधै गितहरुलाइ संगीत दिएर राम्रा बनाउने श्रेष्ठले सामाजिक सेवाका लागि आफैले गाउन लागेका हुन् । संगीतकार श्रेष्ठले एकल साझ कार्यक्रममा आफ्ना ढेड दर्जन चचिर्त गीतहरु प्रस्तुत गर्ने भएका छन् । उनले भनेका छन्, ‘अरुबेला अरुका स्वरमा सुनिए पनि त्यो दिन श्रोता/दर्शकले मेरै स्वरमा प्रत्यक्ष सुन्न पाउनेछन् ।’ रापती साहित्य परिषद्ले संगीतकार श्रेष्ठलाई एकल साँझमा उभ्याउन लागेको हो । परिषदका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार कार्यक्रम सफल बनाउन स्थानीय निकायबाट पनि सहयोगको अपेक्षा गरिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.