• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालको प्राकृतिक पक्षले साथ दिदा नेपाली कलाकार हलिउड सिनेमा ( एक्सक्लुसिभ फोटो फिचर सहित)

    विशाल चौतारी समाचार
    काठमाडौं, ९ माघ ।
    पछिल्लो समय नेपाली कलाकारहरुलाई नेपालको प्राकृतिक पक्षले साथ दिएर हुन सक्छ, बलिउड सिनेमामा काम गर्ने अवसर पाइरहेका छन् । केहि समय अगाडी अभिनेता राजबल्लभ कोइरालाई धम्पुसको मनोरम दृश्यकै कारणले हलिउड चलचित्रमा काम गर्ने अवसर प्राप्त गरेका थिए । यस्तै क्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथाको कारणले कलाकार विजय लामा एक हलिउडको महत्वकांक्षी चलचित्रमा काम गर्न पाएका छन् ।
    पाइलट समेत रहेका कलाकार विजय लामाले चलचित्रमा कर्णेल मदन केसीको भूमिकामा अभिनय गरेका छन् । सन् १९९६ मे १० मा सगरमाथाको आरोहणका क्रममा आँधी आउँदा ८ जना अमेरिकी आरोहीको निधन भएको विषयलाई चलचित्रमा उतार्न लागिएको हो ।
    केहि समय अगाडी हलिउड चलचित्रका सफल अभिनेताद्धय ज्याक गिलेनहाल र जोस ब्रोलिन केहि दिन अगाडी चलचित्रको सुटिङका लागी नेपालमा आएका थिए । यि दुई अभिनेताहरु संगै कलाकार लामाले अभिनय गरेका छन् । नेपालमा छायांकन भइरहेको चलचित्र ‘एभरेष्ट‘मा कलाकार विजयले अभिनय छोटो भएपनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । बाल्टासार कोर्माकुरले निर्देशन गरिरहेको यस चलचित्रको हाल नेपालमा छायांकन भइरहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.