• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चित्रकलामा उत्कृष्ट विद्यार्थिलाई लायन्सको पुरस्कार

    विशाल चौतारी समाचार
    काठमाडौं, ११ माघ ।
    हाम्रो संसार हाम्रो भविश्य मूल नारा दिइएको चित्रकला प्रतियोगिता एवं प्रदशनी सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ ले आयोजना गरेको सो प्रतियोगितामा ३५ विद्यार्थिहरुले भाग लिएका थिए । प्रतियोगितामा लिटिल एन्जल्स स्कूलकी अलिशा जोन्छे प्रथम भएकी थिइन । बिकेस कार्की दोस्रो, चित्रवहादुर बुडामगर तेस्रो, र सान्त्वना आर्या पुडासैनी, दिपवहादुर नगरकोटी, श्रुति राई, आभास रन्जित, मोनिका सैंजु, शिक्षा प्रधान भए ।
    राजधानिमा शनिवार आयोजित एक कार्यक्रमका विचमा विजेता विद्यार्थिलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको छ । प्रमुख अतिथी लायन्स क्लव इन्टरनेस्नल ३२५ए १ का डिस्टिक गभर्नर लायन रामवहादुर श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दे गभर्नर श्रेष्ठले चित्रकलालेनै मानवलाई सही दिसामा हिंडाउन ठुलो भूमिका खेल्ने धारणा राखे । सभ्य समाजको सृजना गर्ने हो भने भविस्यका कर्णदार वालवालिका हरुमा चित्रकला सम्वन्धी ज्ञान पुर्याउनु पर्ने वताए । लायन्स क्लवले भविस्यमा मूलुकभरका दुर्गम पिछडीएका र गरिवीको रेखामुनि रहेका वालवालिकालाई लक्ष्कि्षत गर्दै चित्रकला प्रदशनी एवं त्रित्रकला सम्वन्धी अध्यापन गर्ने कार्यमा लाग्ने वताए । कार्यक्रमलाई नेपाल आर्ट काउन्सीलका कुलपती किरण मानन्धरले लायन्स क्लवलाई चित्रकला प्रतियोगिता गरेकोमा धन्नेवाद दिंदै आउादो दिनमा अझ यस प्रती अभिरुची लिनेमा विस्वस्त रहेको वताउँदै चित्रकलानै वालवालिकाको भविश्य उज्वल बनाउन मद्धत गर्ने बताए । जील्ला जील्लामा यस्ता प्रतियोगिता पुर्याउन अनुरोध गर्दै मानन्धरले चित्रलेनै समाजको भविश्य र वर्तमान कोर्न सक्ने धारण राखे । प्रतियोगिताबाट उत्कृष्ट तस्विर लायन्स अन्तराष्ट्रिय सचिवाल सिकागोमा हुने प्रतिस्पर्धामा सहभागी हुने छ । २०८मूलकका उत्क्रीष्ट तस्विर सो प्रतियोगितामा भाग लिने छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.