• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘मोक्ष‘को अपाङगता हटाउने अभियान

    विशाल चौतारी समाचार
    काठमाडौं, २५ पुस ।
    अपाङगताहरको सहयोगार्थ चलचित्र ‘मोक्ष’को च्यारिटी गरिने भएको छ । आगामी माघ ९ गते बिहिबारका दिन बिहान ८ बजे राजधानीको जयनेपाल हलमा चलचित्रको च्यारिटी गरिनेछ ।
    अपाङगता भएकाहरको सहयोगार्थ स्थापना गरिएको सक्षम नेपालका लागि चलचित्रको च्यारिटीबाट उठेको रकमको ६० प्रतिसत सहयोग स्वरप छुट्याइने चलचित्रका निर्देशक प्रबिन श्रेष्ठले बताएका छन् । प्रविन आफै संलग्न भएको उक्त संस्थाले ‘अपाङगता’ भन्ने शब्द नै हटाउने अभियान शुर गरेको बताए । उनले सामाजिक सोच, भौतिक संरचना तथा माया पाएका कोही पनि व्यक्ति असक्षम वा अपाङग नहुँने बताएका छन् । उनले भने ‘हामीले अपाङगतालाई हेर्ने सोचलाई परिवर्तन गर्न चाहन्छौं ।’ ‘स्पाईनल कर्ड इन्जुरी’ मेरुदण्ड पक्षघात भएरपनि सपाङग भन्दा सक्षम देखिएका हिव्लचियर प्रयोगकर्ता निर्देशक प्रबिनकै जीवनकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘मोक्ष’ यहि माघ २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सुनिल मानन्धरले निर्माण गरेको यो चलचित्रमा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.