• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • उपेन्द्रको असफल कलाकारका लागी मोटिभेसन

    विशाल चौतारी समाचार
    काठमाडौं, ९ माघ ।
    प्राय सबै क्षेत्रहरुमा मोटिभेसनको आवश्यक रहेको हुन्छ । यस मध्ये नेपाली कलाकारीता र साङगीतिक क्षेत्रमा लागेर सफलता नपाएर निराशा बनेकाहरुलाई मोटिभेसनको आवश्यक पर्न सक्छ । यहि मोटिभेसनलाई नै आफ्नो व्यावसाय बनाएर बसेका उपेन्द्र अधिकारी पछिल्लो समयमा धेरै कलाकारहरुलाई सुझाव दिनमा व्यस्त रहेका छन् ।
    कलाकारीता र साङगीतिक क्षेत्रमा लागेर सफलता नपाएर निराशा बनेकाहरुलाई मोटिभेसन दिदै अधिकारीले भने–‘कुनैपनि काम प्रति निराशा पैदा हुन्छ, भने थाहा पाउनु त्यो काम प्रति तपाइको माया छैन । केवल आकर्शण मात्र हो ।’ अधिकारीले बताए । सौर्य संगको कुराकानिमा बोल्दै आकर्शणले काम नगर्ने बताए । काम प्रतिको प्रेम जगाउँनु, कसैसंग प्रतिस्पर्धा नगर्न अधिकारीको सल्लाह रहेको छ । रहेक मानिसको काम अन्य व्याक्तिहरुको भन्दा उत्तर अनि फरकपनि हुनपर्ने उपेन्द्र अधिकारीको धारणा रहेको छ । सफल्ताको पछि नदौडिन सल्लाह दिदै, अधिकारीले भने–‘सफलतालाई पछाडी छाड्नुहोस्, सफलताले तपाइलाई अवश्य पछ्याउने छ ।’
    जिवनलाई कसरी जिउँने भन्ने बारेमा बताउदै अधिकारीले भने–‘जीवन जिउने कला हो, नियम होइन । र कला हरेक व्याक्तिहरुमा फरक–फरक हुन्छ ।’ जीवनलाई सुखद रुपमा चलाउनको लागी आफुमा भएको सकारात्मक पक्षलाई समातेर अघि बढ्नुपर्ने अधिकारीले बताए । उनले भने–‘कुनै चिजलाई सानो गराउनको लागी काट्ने कुरामा मिहीनेत, खर्च नगरेर, त्यो भन्दा ठुलो चीज अगाडी राख्दा जसरी अर्को वस्तु आफै सानो हुन्छ, त्यसरी नै अरु भन्दा ठुलो बन्नको लागी अर्कोलाई तान्ने होइन आफु माथि चढ्ने विषयमा सोच्नुपर्छ’ अधिकारीले बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.