नमस्ते ब्याण्डको महाशिवरात्रीमा पिजे सहित नेपालका सम्पुर्ण गायक गायिकको प्रस्तुती
विशाल चौतारी समाचार
काठमाडौं, १३ फागुन । नेपाली संगीतमा ‘नमस्ते ब्यान्ड’ सक्रिय भएको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट गर्ने भएको छ । नेपाल पर्यटन बोर्डमा एक औपचारीक कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’ हुने बारेमा जानकारी गराएको थियो । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEikSZrlyXdSx54MB6Z1Ccay6EPwnrY0aBKrU06Npvdpcqtg83g3_P23vSYvB52wKS54xIqJd4s43VkfvGSoJDTIZM6_vztxwx5H08x9C7YzbN5NfonYI-cNitGM8-K5egBciyi8SP6eu5Q/s1600/+25th+maha+shiva+ratri+(1).jpg)
यसपालि ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन १५ गते र पोखराको वसुन्धरा पार्क लेकसाइडमा फागुन १७ गते हुने कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै कार्यक्रममा यस वर्षको महोत्सवमा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहने जानकारी गराएको थियो । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेसहित नेपालका चर्चित नयाँ पुराना ब्यान्डदेखि नेपालका सबैजसो गायकगायिकालाई कन्सर्टमा समेटिएको छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgPC3OlnPftndvp_TQsJ4iXb6eCSGbbIenoFD9sQZdGx46U99xR7C8YWgZgo94_a3W722ZhPeFf9OlCQMPUFN_440Dvk-qRRMOORfVVkRtVSwHnZecM1m0pMt26P0bhiDyfGPtT8Sh6w4A/s1600/25th-Maha-shivaratri-world-music-festival-2014+(1).jpg)
कार्यक्रममा प्रमुख अतिथी तथा वरिष्ठ गायक दिप श्रेष्ठ, आयोजक नमस्ते ब्याण्डका चर्चित गायक इश्वर गुरुङ, नेपालको पुरानो ड्रमर देव राणा, मुक्ति एण्ड रिभाइवल ब्याण्डका मुक्ति शाक्य, हिरा ग्रुपका तेन्जीङ सिमी, अहिलेका चर्चित गायक राजेश पायल राई लगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQeKFZqulfElrGd8kYAjJNZWHgXraVxJnCv070NQ8bpUhvSpC4LtGIAN04HR-kaDg99FOnDDznyLWVyjc-ghyphenhyphenSFjaWBD4tsCNy9t0no_Moqz4sZLg56QLbyicqcrKAX_jdwx2dY4jBNKM/s1600/25th-Maha-shivaratri-world-music-festival-2014+(2).jpg)
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइने जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ । कन्सर्टबाट नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदानको पनि अपेक्षापनि रहेको छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो’,आयोजकको तर्फबाट गायक इश्वर गुरुङले बताए । यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMYuXR4yT-h_R1l89XqaeD8og8pqk-UsMxOuRMNXzJcX9UejF2A6jaF6EFBzSxwiqa53GV4UZTjsBRdBg_jp-1lsh3GlI6QLTDyY7TSKuv1Tmw5fzuvKJVu6MKru1aFYzcXCYozhHHlCA/s1600/+25th+maha+shiva+ratri+(2).jpg)
त्यस्तै पत्रकार सम्मेलनमा यो कन्सर्ट भगवान शिवजीको नाममा गरिने भएकाले पनि नेपाली संगीतलाई माया गर्ने कलाकारहरुले तन, मन र हुनेले धन दिएर सहयोग गर्नुपर्ने नमस्ते ब्यान्डको धारणा रहेको गायक इश्वर गुरुङले बताए ।
कार्यक्रममा मुक्ति एण्ड रिभाइवल व्याण्डका गायक मुक्ति शाक्यले कार्यक्रम नाफा मुखि रहेकाले सम्पुर्ण पत्रकारहरुले यस कार्यक्रमलाई सहयोग गरिदिन अनुरोध गरे । त्यस्तै कार्यक्रममा गायक राजेश पायल राईले आयोजक नमस्ते ब्याण्डको नारा ‘सत्यता, एकता, सद्भाव, माया र शान्तिले नै हामीलाई बचाउन सक्छ’ भन्ने नारा नै आफुलाई मनपरेको बताए । कार्यक्रममा आफ्नो भव्य साङगीतिक प्रस्तुती रहेको पनि गायक पायलले बताए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv1wWpPzW5FuXrXsk1QYU5YzKXIBwjrz4ZmKinjpVK5k5gq8zO4HTd7b-QQULzNx95rnpfQU8JAYXlNH1zleN4WX3CIzv_7edH-lM_1cEo0JG0LyqKyNdICcIpGzbNPqN4pScVP5y4UAE/s1600/+25th+maha+shiva+ratri+(3).jpg)
कार्यक्रममा चर्चित गायक, यम बराल, नेपालको पहिलो नेपाली र्यापर तथा गायक अभिनाश घिसिङ, गायक युवराज गुरुङ लगायतपनि उपस्थित रहेका थिए । नमस्ते ब्याण्डले हरेक पाँच वर्षमा आयोजना गर्दै आएको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ यसअघि सन् २००९ मा भव्य रुपमा सम्पन्न गरेको थियो ।
नमस्ते ब्यान्ड सन् १९९८ मा सगरमाथाको बेसक्याम्प (५,६६५ मि)मा भव्य कन्सर्ट गरेर गिनिज बुकको नोमिनेसनमा परेको थियो । त्यस्तै नेपाली ब्यान्डहरुको इतिहासमा पहिलोपटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ‘सन्देश’ नामक कन्सर्ट नमस्तेले गरेको थियो । त्यस क्रममा नमस्तेले ३० दिनमा २९ सहरमा समेत प्रस्तुति दिएको थियो ।
सहभागी हुने ब्यान्डहरु:
पिजे एन्ड रेग्गे ब्यान्ड (अमेरिका), नमस्ते ब्यान्ड (जापान–नेपाल), जाह तब्बु (जापान), बम शिव मिनामी, न्युयो प्रिज्म, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड न्यु रिभोल्युसन, कबवेब, द एक्स, हिटा ग्रुप (तिब्बत), सबिन राई एन्ड ब्यान्ड, कन्दरा, अन्डरसाइड ब्यान्ड, टम्बलविड इन्क, बफिन्स ९८ (हङकङ), लेकाली, निर्वान्स एन्ड म्युजिक लिंक, अनील शाही एन्ड माया मन्त्र, देउराली, डी मोर्चा, भैरवी लाखे, बी एटएट, लाहुरे एन्ड बुलेट
अतिथि कलाकारहरु:
राजेशपायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला सोताङ, सत्यस्वरुप आचार्य, श्रेया सोताङ, सुनिल बर्देवा, यम बराल, हेमन्त राना, विजय लामा, रोज मोक्तान, अविनाश घिसिङ, आस्था बी, भरत सिटौला, मेघ लामा, युवराज गुरुङ, शिव केसी, प्रेम लामा, टिका बम्जन, कृष्ण गुरुङ, धनबहादुर गुरुङ, राजु परियार, रमिला न्यौपाने, ज्योति मगर, शिवजी भट्टराई
प्रमुख अतिथि:
अम्बर गुरुङ र दीप श्रेष्ठ
काठमाडौं, १३ फागुन । नेपाली संगीतमा ‘नमस्ते ब्यान्ड’ सक्रिय भएको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट गर्ने भएको छ । नेपाल पर्यटन बोर्डमा एक औपचारीक कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’ हुने बारेमा जानकारी गराएको थियो । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEikSZrlyXdSx54MB6Z1Ccay6EPwnrY0aBKrU06Npvdpcqtg83g3_P23vSYvB52wKS54xIqJd4s43VkfvGSoJDTIZM6_vztxwx5H08x9C7YzbN5NfonYI-cNitGM8-K5egBciyi8SP6eu5Q/s1600/+25th+maha+shiva+ratri+(1).jpg)
यसपालि ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन १५ गते र पोखराको वसुन्धरा पार्क लेकसाइडमा फागुन १७ गते हुने कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै कार्यक्रममा यस वर्षको महोत्सवमा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहने जानकारी गराएको थियो । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेसहित नेपालका चर्चित नयाँ पुराना ब्यान्डदेखि नेपालका सबैजसो गायकगायिकालाई कन्सर्टमा समेटिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgPC3OlnPftndvp_TQsJ4iXb6eCSGbbIenoFD9sQZdGx46U99xR7C8YWgZgo94_a3W722ZhPeFf9OlCQMPUFN_440Dvk-qRRMOORfVVkRtVSwHnZecM1m0pMt26P0bhiDyfGPtT8Sh6w4A/s1600/25th-Maha-shivaratri-world-music-festival-2014+(1).jpg)
कार्यक्रममा प्रमुख अतिथी तथा वरिष्ठ गायक दिप श्रेष्ठ, आयोजक नमस्ते ब्याण्डका चर्चित गायक इश्वर गुरुङ, नेपालको पुरानो ड्रमर देव राणा, मुक्ति एण्ड रिभाइवल ब्याण्डका मुक्ति शाक्य, हिरा ग्रुपका तेन्जीङ सिमी, अहिलेका चर्चित गायक राजेश पायल राई लगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQeKFZqulfElrGd8kYAjJNZWHgXraVxJnCv070NQ8bpUhvSpC4LtGIAN04HR-kaDg99FOnDDznyLWVyjc-ghyphenhyphenSFjaWBD4tsCNy9t0no_Moqz4sZLg56QLbyicqcrKAX_jdwx2dY4jBNKM/s1600/25th-Maha-shivaratri-world-music-festival-2014+(2).jpg)
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइने जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ । कन्सर्टबाट नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदानको पनि अपेक्षापनि रहेको छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो’,आयोजकको तर्फबाट गायक इश्वर गुरुङले बताए । यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMYuXR4yT-h_R1l89XqaeD8og8pqk-UsMxOuRMNXzJcX9UejF2A6jaF6EFBzSxwiqa53GV4UZTjsBRdBg_jp-1lsh3GlI6QLTDyY7TSKuv1Tmw5fzuvKJVu6MKru1aFYzcXCYozhHHlCA/s1600/+25th+maha+shiva+ratri+(2).jpg)
त्यस्तै पत्रकार सम्मेलनमा यो कन्सर्ट भगवान शिवजीको नाममा गरिने भएकाले पनि नेपाली संगीतलाई माया गर्ने कलाकारहरुले तन, मन र हुनेले धन दिएर सहयोग गर्नुपर्ने नमस्ते ब्यान्डको धारणा रहेको गायक इश्वर गुरुङले बताए ।
कार्यक्रममा मुक्ति एण्ड रिभाइवल व्याण्डका गायक मुक्ति शाक्यले कार्यक्रम नाफा मुखि रहेकाले सम्पुर्ण पत्रकारहरुले यस कार्यक्रमलाई सहयोग गरिदिन अनुरोध गरे । त्यस्तै कार्यक्रममा गायक राजेश पायल राईले आयोजक नमस्ते ब्याण्डको नारा ‘सत्यता, एकता, सद्भाव, माया र शान्तिले नै हामीलाई बचाउन सक्छ’ भन्ने नारा नै आफुलाई मनपरेको बताए । कार्यक्रममा आफ्नो भव्य साङगीतिक प्रस्तुती रहेको पनि गायक पायलले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv1wWpPzW5FuXrXsk1QYU5YzKXIBwjrz4ZmKinjpVK5k5gq8zO4HTd7b-QQULzNx95rnpfQU8JAYXlNH1zleN4WX3CIzv_7edH-lM_1cEo0JG0LyqKyNdICcIpGzbNPqN4pScVP5y4UAE/s1600/+25th+maha+shiva+ratri+(3).jpg)
कार्यक्रममा चर्चित गायक, यम बराल, नेपालको पहिलो नेपाली र्यापर तथा गायक अभिनाश घिसिङ, गायक युवराज गुरुङ लगायतपनि उपस्थित रहेका थिए । नमस्ते ब्याण्डले हरेक पाँच वर्षमा आयोजना गर्दै आएको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ यसअघि सन् २००९ मा भव्य रुपमा सम्पन्न गरेको थियो ।
नमस्ते ब्यान्ड सन् १९९८ मा सगरमाथाको बेसक्याम्प (५,६६५ मि)मा भव्य कन्सर्ट गरेर गिनिज बुकको नोमिनेसनमा परेको थियो । त्यस्तै नेपाली ब्यान्डहरुको इतिहासमा पहिलोपटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ‘सन्देश’ नामक कन्सर्ट नमस्तेले गरेको थियो । त्यस क्रममा नमस्तेले ३० दिनमा २९ सहरमा समेत प्रस्तुति दिएको थियो ।
सहभागी हुने ब्यान्डहरु:
पिजे एन्ड रेग्गे ब्यान्ड (अमेरिका), नमस्ते ब्यान्ड (जापान–नेपाल), जाह तब्बु (जापान), बम शिव मिनामी, न्युयो प्रिज्म, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड न्यु रिभोल्युसन, कबवेब, द एक्स, हिटा ग्रुप (तिब्बत), सबिन राई एन्ड ब्यान्ड, कन्दरा, अन्डरसाइड ब्यान्ड, टम्बलविड इन्क, बफिन्स ९८ (हङकङ), लेकाली, निर्वान्स एन्ड म्युजिक लिंक, अनील शाही एन्ड माया मन्त्र, देउराली, डी मोर्चा, भैरवी लाखे, बी एटएट, लाहुरे एन्ड बुलेट
अतिथि कलाकारहरु:
राजेशपायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला सोताङ, सत्यस्वरुप आचार्य, श्रेया सोताङ, सुनिल बर्देवा, यम बराल, हेमन्त राना, विजय लामा, रोज मोक्तान, अविनाश घिसिङ, आस्था बी, भरत सिटौला, मेघ लामा, युवराज गुरुङ, शिव केसी, प्रेम लामा, टिका बम्जन, कृष्ण गुरुङ, धनबहादुर गुरुङ, राजु परियार, रमिला न्यौपाने, ज्योति मगर, शिवजी भट्टराई
प्रमुख अतिथि:
अम्बर गुरुङ र दीप श्रेष्ठ
0 comments
Write Down Your Responses