सेन्सर बोर्डलाई ‘भिमदत्त’को २२५ पृष्ठ पढ्न अनुरोध
सेन्सर बोर्डप्रति आपत्ति जनाउदै, ‘भिमदत्त’को पत्रकार सम्मेलन
विशाल चौतारी समाचार
काठमाडौं, ७ फागुन । जिउदो सहिदको रुपमा आम जनमासमा परिचित किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको जीवनीमाथि निर्माण गरिएको चलचित्र ‘भीमदत्त’लाई सेन्सर बोर्डले चलचित्रको विषय माथि नै प्रश्न उठाउँदै सेन्सर पासको प्रमाण पत्र दिन अस्विकार गरिएको थियो । बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो चलचित्रलाई सेन्सरका कर्मचारीहरुले भीदत्तको बिषयमा के राख्ने र के काट्ने भन्नेमा पूर्ण जानकार नरहेको तर्क गर्दै सटिफिर्केट दिन नखोज्नु प्रति चलचित्र युनिटले अपत्ती जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका अभिनेता तथा निर्माता समेत रहेका नवल खड्काले आफ्नो चलचित्र ‘भीमदत्त’ ‘विदेशमा शो गर्न लागेको बेलामा सेन्सर बोर्डले नै चलचित्र रोकिदिदा सो गर्ने भनेर लाखौ रुपैयाँमा सम्झौता गरि सकेका कारण हामिलाई समस्या परेको बताए । निर्माता खड्काले आफ्नो चलचित्रलाई सेन्सर बोर्डले अन्याए गरेको आरोप लगाउदै सेन्सर बोर्डका पदाधिकारीहरुलाई इतिहासका हजारौं प्रमाणहरु मध्ये गृष्म बहादुर देवकोटाको नेपालको राजनीति दर्पणको पहिलो भाग पृष्ठ २२५ पढ्न अनुरोध गरेका छन् । पत्रकार सम्मेनलमा सार्वजनिक गरिएको चलचित्र ‘भिमदत्त’को प्रेस विज्ञप्तीमा यस्तो एतिहासिक तथ्यलाई सेन्सर बोर्डले नबुझ्नु भिमदत्त प्रति मात्र होइन नेपालको प्रजात्रान्त्रीक इतिहासको उपहास भएको विज्ञप्तीमा लेखिएको छ ।
सेन्सर बोर्डले चलचित्र हेरेर चलचित्र युनिटलाई बोलाएर चलचित्र फेरी हेरेर सल्ला गरेर मात्र चलचित्र पास गर्ने बताएपनि चलचित्र पास गर्न नखोजेको भन्दै चलचित्रका निर्देशक हिमग्याप लामा (टाँसी)ले पत्रकार सम्मेलनमै यस्तो किसिमको सेन्सर बोर्ड चलचित्रर्मीहरुलाई नचाहीने बताए ।

0 comments
Write Down Your Responses