• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिसेज नेपालका विजेताले शुरु गरे सामाजिक सेवा (फोटो फिचर सहित)

    mrs. neppal - deepa shahi rana
    विशाल चौतारी समाचार
    काठमाडौं, २७ फागुन ।
    सुन्दरी प्रतियोगिताले गर्दा पछिल्लो समय समाजिक काममा धेरै पाइदा पुगेको छ । यस्तै क्रममा मिसेज नेपालका विजयहरुले उपाधि जितेलगत्तै सामाजिक सेवाका अग्रसर भएका छन् ।
    विवाहित नारीहरुलाई समेटिएको मिसेज नेपालको प्रमुख विजेतासंगै विभिन्न उपाधि विजेताले हिन्दु अनयायीको पावन दिन मानिने मंगलबारका दिन राजधानीको कमलादीस्थित गणेश मन्दीरमा भगवान् गणेशको पुजा अर्चनासहित मन्दिर परिसरमा मागेर जीवन निर्वाह गर्दै आएका दु:खी वृद्धवद्धा तथा अपागंहरुलाई मिठाइ तथा खानेकुरा दिएर सामाजिक कामको सुरुवात गरेका छन् । मिसेज नेपाल २०१४की शिर्ष उपाधी बिजेता दिपा शाहि राणले भनिन्– ‘समाजप्रतिको आफ्नो उतरदायित्व सानै प्रयासबाट पनि बहन गर्न  सकिन्छ भनेर शरुवातमा  सानो समाज सेवामा प्रस्तुत भएको हो ।’ सुन्दरीहरुले यो हाम्रो सानो प्रयास रहेकोपनि बताएका छन् । आगामी दिनमा पनि यसरी नै र बृहतरुपकोसमाज सेवालाई निरन्तरता दिने उनले खुलाइन् । 
    बिबाहीत महिलालाई घरको काममा मात्र सिमीत नराखी बाहीरी क्रियाकलापमा पनि सहभागीता गराउनु पर्छ भन्ने मान्यता सहित इ प्लानेट नेपालले यो प्रतियोगीता गत फागुन ३ गते सम्पन्न गरेको थियो । बिबाहीत महिलाले सहभागीता जनाउन पाउने यो नेपालको पहिलो प्रतियोगीता हो । प्रतियोगीताको शिर्ष बिजेता तथा उपविजेता ले अन्तराष्टिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.