फ्यानले मलाई अठ्याएर टङकिस खाए - Parbati
parbati rai
मेरा फ्यान
– पार्वती राई मोडल तथा डान्सर प्रस्तुती : विशाल राई
ब्रेकर : फ्यानहरुले घेरेर अटोग्राफ लिन थाले । अटोग्राफ दिँदादिँदा रातै परेछ । कार्यक्रममा आफ्नो प्रस्तुति राखी सकेकीले खासै अप्ठेरो परेन । तर, एउटा फ्यानले चाहिँ एक्कासी मलाई च्याप्प अठ्याएर टनकिस दिइहाले । मेरो सातो पुत्लो उड्यो । के गर्ने सोच्नै सकिनँ । ऊ तिर रिसले नियालेर हेरेको त केटी पो रहिछन् । त्यसरी किसगर्दा म सरप्राइजमा परेँ ।

०६६र ६७ तिर होला । नृत्यसम्बन्धी प्रतियोगिता छमछमी पहिलोपटक सुरुआत भएको । यस प्रतियोगितामा मैले पनि भाग लिएँ । यसमा सहभागी भए पछि मेरा लागि अभिनयका ढोकाहरु प्रसस्तै खुले । त्यो समयदेखि अहिलेसम्म म अभिनयका विभिन्न विधामा आफूलाई व्यस्त गराउँदै आएकी छु । अभिनयका यी अवधिमा मेरो जीवनमा विभिन्न उतार चढाव पनि आएका छन्, भने धेरै किसिमका फ्यान पाएकी छु । फ्यानकै कुरा गर्दा कलाकारितामा मैले सकारात्मक सोच भएकै फ्यान पाएकी छु । ती फ्यानकै मायाले आज म यसक्षेत्रमा टिक्न र बिक्न सफल छु ।
फ्यानसँग विशेष भेटहुने माध्यम मेरो कार्यक्रममै हो । यसकै सिलसिलामा फ्यानहरुसँग प्रत्यक्ष भेट्ने र कुरा गर्ने अवसर पाइन्छ । अहिलेसम्म मैले चार–पाचँ सयका हाराहारीका कार्यक्रममा सहभागिता जनाएँ होला । ती सबै कार्यक्रम मलाई फ्यानसँग कुराकानी गर्ने अवसरका रुपमा प्राप्त भयो ।

जति फ्यान पाएकी छु ती मध्ये धेरै मेरो सुन्दरताभन्दा नृत्यकै बढि प्रशंसा गर्छन् । केही महिना अगाडि रुकुमको कार्यक्रममा अभिनेता राजेश हमालसँग गएकी थिएँ । त्यहाँ एउटा सानी बच्चीले मलाई भनिन् ,‘तपाइं र्जस्तै बन्न मनलागेको छ ’ । यो मात्र कहाँ हो र कति फ्यानका अभिभावकले भेटेर आफ्नो छोरीलाई म जस्तै बनाउने चाहना भएको सुनाउँछन् । उनीहरलाई म अभिनयमा अगाडि बढ्ने बाटो देखाइदिन्छु । मैले नचिनेका धेरै मानिस मेरो नृत्य हेरेपछि फ्यान भएका उदारण कति छन् कति मसँग । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्ष अगाडि एक कार्यक्रम लिएर जाँदा बेग्लै रमाइलो अनुभव हासिल गर्न पाएँ । सो कार्यक्रका लागि म त्यहाँ गएकी थिएँ । त्यहाँ फ्यानहरुले घेरेर अटोग्राफ लिन थाले । अटोग्राफ दिँदादिँदा रातै परेछ । कार्यक्रममा आफ्नो प्रस्तुति राखी सकेकीले खासै अप्ठेरो परेन । तर, एउटा फ्यानले चाहिँ एक्कासी मलाई च्याप्प अठ्याएर टनकिस दिइहाले । मेरो सातो पुत्लो उड्यो । के गर्ने सोच्नै सकिनँ । ऊ तिर रिसले नियालेर हेरेको त केटी पो रहिछन् । त्यसरी किसगर्दा म सरप्राइजमा परेँ । 
फेसबुक म त्यति प्रयोग गदिनँ । तर, फ्यान भने मेरा धेरै छन् । मेरा कामका सल्लाह सुझाव फ्यानहरले फेसबुकमा म्यासेजका रपमा पठाउँछन् । फ्यानका म्यासेज हेर्न दिनको एक घन्टा समय छुट्याएकी छु । मेरा फ्यान कोही यस्ता छन् जसले मलाई युज गर्न खोज्छन् । सेक्स प्रस्ताव राख्छन् । यस्ता प्रस्ताव राख्ने फ्यानलाई फेसबुक फ्यानबाटै हटाइदिन्छु र सम्बन्धै बनाउँदिनँ ।
नोट : सौर्य दैनिकमा प्रकाशित समाचार , तस्बिर : मनोरञ्जन सन्सार डटकम तथा फेसबुक
add

0 comments
Write Down Your Responses