हरिबंशको ‘खोक्रो सारंगी’ ३ दिनमै ६० हजार (भिडियो सहित)
काठमाडौं, चैत ३० । हास्य अभिनेता हरिबंश आचार्य राम्रा गायकपनि हुन् । उनकै स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडी मात्रै ‘खोक्रो सारङगी’ नामक गीत सार्वजनिक भएको हो ।
हास्य अभिनेता हरिबंशको स्वर रहेको गीतमा गायक, तथा शब्द संकलक प्रेमराजा महतको संगीत र शब्द सुन्न सकिन्छ । गत शुक्रवार मात्र रिलिज भएको भिडियोलाई आज आइतवार छ बजे सम्म युटुवमा हेर्नेको संख्या ५६ हजार भन्दा बढि रहेको छ ।
भिडियोमा हरिवंश आचार्य, रुविन गन्दर्भ, लक्षता कुसाङगीलगायतको अभिनय रहेको छ । म्युजिक भिडियोमा देशको जल्दोबल्दो परिस्थितिलाई ब्यंग्य गर्न खोजिएको छ । सारङगीको धुनमा गाइएको गीतको भिडियो राजधानीका अधिकांश सांस्कृतिक स्थलहरुमा छायांङकन गरिएको छ । संगीत संयोजन जीवित जल्मीले गरेका हुन् ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोला ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4pDtwp5bN2rpQl4Irnlmi-fgCwOuK8r8HyGg2rOmhfovtVLnXM6WpyTo0t45FWxNKwlHsSRY-mXF6gRgUhn4DhP1Kau5uNMTnTqB-bkkMXDc2RHc3_qyx-oF1KgWniexBPGUsKyI2ahKW/s1600/Hari+Bansha+Acharya+-+Khokro+Sarangi+(2).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj8pXXvtFwLT74P6Z9FWxPZ7QYM1iN6z-esQPsqI4JsoiSleZ79boI1ioRLUlr3k2u_8pU1j3Fbf2rbOuRtTJ6KNGHt2M_3QW0YKKFbEkvptEuhoI0t3NXA4ccf-RQjr2izUQjm4SRPDWvY/s1600/Hari+Bansha+Acharya+-+Khokro+Sarangi+(3).jpg)
0 comments
Write Down Your Responses