पोर्न स्टार सन्नी ‘न्यु ईयर सेलिब्रेट’ गराउँन काठमाडौंमा
Sunny Leone live Performance in kathmandu nepal .
काठमाडौं, ३० चैत । तीन साता अगाडी मात्र नेपालमा आएकी पोर्न स्टार तथा पछिल्लो समय बलिउड अभिनेत्री सन्नी लियोन नेपाली नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छन् । अभिनेत्री सन्नी पतिसँग आजै आइतबार काठमाडौं आइपुगेकी हुन् । अभिनेत्री सनी आफ्ना पतिका साथ बौद्धस्थित ह्यात होटलमा बसेकी छिन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUO_IJPdobzyEPzze5SXh_LdUeHkixjHSSLFTFklt5w9v3O5_3PIOVmjyssVno3d0HsYRI2EOTYpPLIY1l6FziXTI_9hyphenhyphen7cPaiYKjExU2VzIjdZeASMPpwpcIO7neuS__erhCzyFhzTGSf/s1600/Sunny+Leone+live+Performance+in+kathmandu+nepal++(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUO_IJPdobzyEPzze5SXh_LdUeHkixjHSSLFTFklt5w9v3O5_3PIOVmjyssVno3d0HsYRI2EOTYpPLIY1l6FziXTI_9hyphenhyphen7cPaiYKjExU2VzIjdZeASMPpwpcIO7neuS__erhCzyFhzTGSf/s1600/Sunny+Leone+live+Performance+in+kathmandu+nepal++(1).jpg)
आज आइतबार साझ ह्यात होटलमा हुने ‘न्यु इयर इभ’ स्पेशल कार्यक्रममा सहभागी हुन नेपाल आएकी अभिनेत्री सन्नीलाई कामत्य मिडियाले निम्ताएको हो । बलिउडमा जिस्म २ बाट डेब्यु गरेकी अभिनेत्री सन्नीले पछिल्लो चोटि अभिनय गरेको चलचित्र ‘रागिनी एमएमएस–२’ले बलिउडमा राम्रो व्यापर गरिरहेको छ ।
तीन साताअघि नेपाल आएर स्वयम्भू र मंगल बजार घुमेर गएकी अभिनेत्री सन्नीको यो दोस्रो नेपाल आगमन हो । नेपाल आउनअघि सनीले सामाजिक नेटवर्क ट्विटरमा लेख्दै भनेकी छिन्, ‘नेपाली नयाँ वर्ष सेलिब्रेट गर्न नेपाल जाँदैछु । नेपालको सबैभन्दा ठुलो नयाँ वर्षमा ह्यातमा हुने मेरो प्रर्दशन हेर्न आउनुहोला । के आफ्नो टिकट सुरक्षित गर्नुभयो त ?’
0 comments
Write Down Your Responses