नेपालमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’ आयोजना हुने
Miss Heritage world 2014, An international beauty contests, to be held in Nepal.
बिशाल चौतारी समाचार
काठमाडौ, २४ चैत । पछिल्लो समयमा नेपाललाई विभिन्न तवरले विश्वबाट विस्तारै हेरीरहेको छ । यस्तै क्रममा एउटा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस हेरिटेज इन्टरनेसनल २०१४ नेपालमा हुने पक्का पक्कि जस्तै भएको छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqXxDhijwzr8QAWKepJ_d7EW847Sb4_JJdaH0gzp_X4iUzCsTzJUxVg4zttdNQGhJJeRnggk7clYzFnbU_3sBTOkRPz9c7ks-nYpgh4kUF5wF1m-AcjbsTewaI8VS1SPGgJtdkntAM-ont/s1600/Miss-Heritage-world-2014-in-nepal+(1).jpg)
काठमाडौ, २४ चैत । पछिल्लो समयमा नेपाललाई विभिन्न तवरले विश्वबाट विस्तारै हेरीरहेको छ । यस्तै क्रममा एउटा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस हेरिटेज इन्टरनेसनल २०१४ नेपालमा हुने पक्का पक्कि जस्तै भएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqXxDhijwzr8QAWKepJ_d7EW847Sb4_JJdaH0gzp_X4iUzCsTzJUxVg4zttdNQGhJJeRnggk7clYzFnbU_3sBTOkRPz9c7ks-nYpgh4kUF5wF1m-AcjbsTewaI8VS1SPGgJtdkntAM-ont/s1600/Miss-Heritage-world-2014-in-nepal+(1).jpg)
राजधानीमा सोमवार होडल एभरेष्टमा एक पत्रकार सम्मेलनको आयोजना गरी आगामी श्रावण २१ गते उक्त सौन्दर्य प्रतियोगिता हुने कुराको जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा इि–प्लानेट नामक संस्थाले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’ को आयोजना गर्ने भएको जानकारी गराएको थियो । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrHGynQH7cAgJnp40uXpOlWA5EFsiCuElQ18UPq1YcJkLBM7cuEFmHa5inVeco90HYfNJDzJ17YjHAxmqd7kAd3yXaf6dPA-jZQVzOQVOaea2DRmJoB0DWX9vYgKUz-jEzx5YeOvWRb25N/s1600/Miss-Heritage-world-2014-in-nepal+(4).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrHGynQH7cAgJnp40uXpOlWA5EFsiCuElQ18UPq1YcJkLBM7cuEFmHa5inVeco90HYfNJDzJ17YjHAxmqd7kAd3yXaf6dPA-jZQVzOQVOaea2DRmJoB0DWX9vYgKUz-jEzx5YeOvWRb25N/s1600/Miss-Heritage-world-2014-in-nepal+(4).jpg)
कार्यक्रममा सिंगापुरबाट आएकी टीकेएस एन्ड सन्स प्रालिकी बेभर्ली टान र
शिवकुमारले ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ बिजेताका लागि क्राउन प्रायोजन
गर्ने घोषणा गरे । उनीहरुले १० हजार डलर (नेपाली १० लाख रुपियाँ) बराबरको
हीराजडित क्राउन प्रायोजन गर्ने जनाएका छन् । कार्यक्रममा बेभर्ली र शिवले
इप्लानेटका अध्यक्ष सन्तोष सापकोटालाई मायाको चिनो सुनको जलप लगाइएको घोडा
प्रदान गरेका थिए । प्रतियोगिता आयोजनाबारे सम्झौता गर्न जिम्बाबेको सिपिती
मिडियाका तर्फबाट कुल्भिन माभुंगा र इमान्युएल निकोलास्ट रन्डोजाई
काठमाडौं आएका छन् । तर, उनीहर कार्यक्रममा भने देखिएनन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2KdDevHDNchBT9wcS2wwtspSktL3DhSVPixFjH09ZYsR6LRuA2KU7V-DwFNT2g61XXOopqO37iO_bltyY6NYAgVTDXH5WXa9D2WPMz2GTV0HIOMD7_ohNw-kksKt87-UQByYUfNbGcYcd/s1600/Miss-Heritage-world-2014-in-nepal+(2).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2KdDevHDNchBT9wcS2wwtspSktL3DhSVPixFjH09ZYsR6LRuA2KU7V-DwFNT2g61XXOopqO37iO_bltyY6NYAgVTDXH5WXa9D2WPMz2GTV0HIOMD7_ohNw-kksKt87-UQByYUfNbGcYcd/s1600/Miss-Heritage-world-2014-in-nepal+(2).jpg)
पत्रकार सम्मेलनमा सहभागी हुन टिएस्के एण्डसन्स्का प्रेसिडेन्ट बेभर्ली टान उपस्थित भएकी थिइन् । त्यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नेपालमा यति ठुलो सुन्दरी प्रतियोगीता हुन लागेकोमा गर्व लागेको बताए । आयोजक इ–प्लानेट र ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’का आयोजक बिच सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताइएपनि प्राविधिक कारणबस् कार्यक्रममा सो टिमका तर्फबाट हस्ताक्षर हुन पाएन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0axDYWEwUFYJ-Sr5DClVLk2HI1YxzYsNpdohkKRlGmPLtyRfQGyDcGSCtcyLaOjKdKa-mfTuWA3XGDgG-IoAnoOU37EgkkzQRUFlV-YCOTFzhyrkl7Q8ana4I0PP3OpzIuJY4k1DBSc_-/s1600/Miss-Heritage-world-2014-in-nepal+%25286%2529.jpg)
सन् २०११ देखि सुरु
गरिएको सौन्दर्य प्रतियोगिताले नेपालजस्ता मुलुकलाई विश्व समुदायबीच चिनाउन
मद्दत गर्ने आयोजकको विश्वास छ । यस सौन्दर्य प्रतियोगितामा नेपाल, भारत,
इजिप्ट, रसिया, मकाउ, लात्भिया, घाना, इस्टोनिया, न्युजील्याण्ड, दक्षिण
कोरिया, दक्षिण अफ्रिका, इक्वेडर, स्वीडेन, स्लोभानिया, फिनल्याण्ड,
बहामास, जाम्बिया, बोत्स्वाना, सिरियालियोन, माली, मालावी, तान्जानियालगायत
४० राष्ट्र सहभागी हुने भएका छन् ।
add
0 comments
Write Down Your Responses