नेपाल र नेपालको सम्पुर्ण पक्ष ‘क्यानभाषमा’मा
nepal art
विशाल चौतारी समाचार
काठमाडौं, २४ चैत । पाटन औद्योगिक क्षेत्रभित्र रहेको सिंह आर्ट ग्यालरीमा गत शनिबारदेखि ‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक कला प्रदर्शनी सुरु भएको छ । कला प्रर्दशनीमा विभिन्न कलाकारहरुका चित्रहरु मार्फत नेपाल र नेपालको सम्पुर्ण पक्षहरुलाई नजिकबाट नियाल्न सकिन्छ ।
नेपाल ललितकला मञ्चले आयोजना गरेको चित्रकला प्रदर्शनीमा ३२ जना चर्चित कलाकारहरु देखी पछिल्लो पुस्ताका नयाँ कलाकारका सिर्जनाहरु प्रर्दशनीमा राखिएको छ । चित्र र मूति दुबै विधाका सिर्जना राखिएको ‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक कला प्रदर्शनीको संस्कृति मन्त्री भीम आचार्यले उद्घाटन गरेका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3K0fdcGIWMxTL5G764TLfDFh13w9kwWjLAU-V2mSEXyiJBF2ZaiWJLlGqV9sdidPfKjOEha7YwYDt5CnBkH9GDgMx24e01zjf_2wqBzwyKUePYPtsOg1SQ98y7GSIl7Ieylzlc1nhoy-g/s1600/nepal+art.jpg)
‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक चित्र प्रर्दशनिमा नाम अनुसारकै कलाकारहरुका कला प्रस्तुत भएका छन् । चित्रमा नेपालको भौगोलिक परिवेशको हिसाबले पनि हिमाल, पहाड र तराई सबै समेटिएका छन् । प्राज्ञ शान्तकुमार राईले आफ्नो पुरानै विषयवस्तु र शैलीलाई निरन्तरता दिँदै नेपाली महिलाको पीडाहरुलाई उतारेका छन्, भने सुष्मा राजभण्डारीले गणेशको पुरानै थिमलाई निरन्तरता दिएकी छन् । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव केके कर्माचार्य, प्राज्ञ शारदा चित्रकार, दीपराज लिम्बू, डिराम पाल्पाली, डाफु बोहोरा, दीपक कुँवर, भुवन थापा मगर, भीम श्रेष्ठ, विनोदकुमार गुप्ता, अरविन लिम्बू, अर्जुन न्यौपाने, महेन्द्र राई लगायतको चित्रहरु क्ला प्रर्दशनिमा समेटिएका छन् । अर्को शनिवार सम्म चल्नेछ ।
काठमाडौं, २४ चैत । पाटन औद्योगिक क्षेत्रभित्र रहेको सिंह आर्ट ग्यालरीमा गत शनिबारदेखि ‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक कला प्रदर्शनी सुरु भएको छ । कला प्रर्दशनीमा विभिन्न कलाकारहरुका चित्रहरु मार्फत नेपाल र नेपालको सम्पुर्ण पक्षहरुलाई नजिकबाट नियाल्न सकिन्छ ।
नेपाल ललितकला मञ्चले आयोजना गरेको चित्रकला प्रदर्शनीमा ३२ जना चर्चित कलाकारहरु देखी पछिल्लो पुस्ताका नयाँ कलाकारका सिर्जनाहरु प्रर्दशनीमा राखिएको छ । चित्र र मूति दुबै विधाका सिर्जना राखिएको ‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक कला प्रदर्शनीको संस्कृति मन्त्री भीम आचार्यले उद्घाटन गरेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3K0fdcGIWMxTL5G764TLfDFh13w9kwWjLAU-V2mSEXyiJBF2ZaiWJLlGqV9sdidPfKjOEha7YwYDt5CnBkH9GDgMx24e01zjf_2wqBzwyKUePYPtsOg1SQ98y7GSIl7Ieylzlc1nhoy-g/s1600/nepal+art.jpg)
‘सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि सिर्जना यात्रा’ नामक चित्र प्रर्दशनिमा नाम अनुसारकै कलाकारहरुका कला प्रस्तुत भएका छन् । चित्रमा नेपालको भौगोलिक परिवेशको हिसाबले पनि हिमाल, पहाड र तराई सबै समेटिएका छन् । प्राज्ञ शान्तकुमार राईले आफ्नो पुरानै विषयवस्तु र शैलीलाई निरन्तरता दिँदै नेपाली महिलाको पीडाहरुलाई उतारेका छन्, भने सुष्मा राजभण्डारीले गणेशको पुरानै थिमलाई निरन्तरता दिएकी छन् । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव केके कर्माचार्य, प्राज्ञ शारदा चित्रकार, दीपराज लिम्बू, डिराम पाल्पाली, डाफु बोहोरा, दीपक कुँवर, भुवन थापा मगर, भीम श्रेष्ठ, विनोदकुमार गुप्ता, अरविन लिम्बू, अर्जुन न्यौपाने, महेन्द्र राई लगायतको चित्रहरु क्ला प्रर्दशनिमा समेटिएका छन् । अर्को शनिवार सम्म चल्नेछ ।
0 comments
Write Down Your Responses